Total Hits: 0

‘जनयुद्ध’ र ‘जबज’ मा कुरा मिलिसक्यो : प्रचण्ड

  • Posted: Wednesday, May 02, 2018 20:03 PM ( 4 years ago )

काठमाडौं, वैशाख १९ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी पार्टी एकताका लागि लगभग सबै कुरामा सहमति भैसकेको बताउनुभएको छ । 

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी हेडक्वार्टरको बैठकमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जबज र एमालेले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको जानकारी दिनुभएको हो । अध्यक्ष दाहालले जनयुद्ध र जबजमा कुरा मिलेको र सहमति हुन बाँकी विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर एक दुइ दिनमै टुंग्याइने  जानकारी पनि दिनुभयो । 

बैठकले पार्टी एकतामा कुन पार्टीले कति भाग पाउछ भन्ने विषयमा मात्र नभै एक अर्काले गरेका आन्दोलन स्वीकार गर्ने नगर्ने भन्ने विषय महत्वपूर्ण रहेको पनि निष्कर्ष निकालेको छ । 

पार्टी एकताको विषयमा छलफल गर्न आज बस्ने भनिएको एमाले स्थायी कमिटिको बैठक भने अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook