Total Hits: 0

मोदी भ्रमणकाे तयारीस्वरुप जनकपुरमा भारतीय वायु सेनाको हेलिकप्टर अवतरण

  • Posted: Wednesday, May 02, 2018 19:39 PM ( 4 years ago )

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुरधाम, वैशाख १९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आउँदो वैशाख २८ गते हुने जनकपुर भ्रमणको तयारीका लागि भारतीय सुरक्षा निकायले जनकपुरको निरीक्षण गरेका छन् ।

जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा हेलिकप्टर अवतरणका लागि हेलिप्याड, अभिनन्दन एवं सम्बोधनको लागि मञ्च र जानकी मन्दिरको दर्शनका लागि व्यवस्थापनलगायतका विषयमा भारतीय उच्च सुरक्षा अधिकारी , भारतीय परराष्ट्र मन्त्रालयका अधिकारी र भारतीय राजदूतावासका अधिकारीहरुले निरीक्षण गरेका हुन् ।

उनीहरुले प्रदेश नं. २ सरकार र सुरक्षा अधिकारीसँग छलफल समेत गरेका छन् । 

पटनाबाट भारतीय सेनाको हेलिकप्टरले जनकपुर आउने भारतीय प्रधानमन्त्री मोदीसहित तीनवटा हेलिकप्टर अवतरणका लागि बाह्रबिघामा तीनवटा हेलिप्याड बनाउन सुझाव दिएका छन् । 

त्यस्तै मोदी प्रवेश गर्ने द्वारको ठिक विपरीत सर्वसाधारण प्रवेश गर्ने गेट निर्माण गन तथा आठ फिट उचाईको मञ्च निर्माण गर्नसमेत उनीहरुले उपस्थित प्रदेश सरकार, जनकपुर उपमहानगरपालिका र स्थानीय प्रशासनका प्रतिनिधिलाई सुझाव दिएका छन् ।

त्यसक्रममा भारतीय वायु सेनाका हेलिकप्टर समेत बाह्रबिघामा अवतरण गराएर परीक्षण गरिएको छ ।   

निरीक्षणको समयमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरु, भारतीय सुरक्षा निकायका आईजी, भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायत तथा स्थानीय प्रहरी प्रशासनको उपस्थिति थियो ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook