भागबण्डा नमिलेर पार्टी एकता गर्न नसक्ने, अनि चलखेल भयो भनेर रडाको मच्चाउने : गगन थापा
- Posted: Wednesday, May 02, 2018 13:55 PM ( 4 years ago )
रुपन्देही, वैशाख १९ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापाले एमाले र माओवादीसँग कम्युनिष्ट चरित्र नै नभएको बताउनु भएको छ ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले ‘एजेण्डा, संकल्प र कार्यक्रमका हिसावले वतर्मान गठबन्धन कम्युनिष्ट नामको अवसरवादी गठबन्धन’ भएको बताउनु भएको छ ।
सरकार फरक मतप्रति असहिष्णु बन्दै गएको बताउदै उहाँले अधिनायकवादी सोच बेलैमा नत्यागे ओली सरकारका लागि प्रत्यूदपादक हुने बताउनुभयो । सरकार संकल्पबाट बरालिन खोजे कांग्रेसले सही ट्रयाकमा ल्याउने उहाँको भनाई छ । थापाले वाम एकताप्रति लक्षित गर्दै भन्नुभयो, ‘पदको बाँडफाड नमिलेर पार्टी एकता गर्न नसक्ने अनि विदेशी चलखेल भयो भनेर रडाको मच्चाउनु एमाले र माओवादीका लागि लाजमर्दो कुरा हो ।’
एमालेजस्तो अराजक प्रतिपक्ष कांग्रेस कहिल्यै नबन्ने बताएका पूर्वमन्त्री थापाले कांग्रेसको संसदमा भूमिका सधैँ जिम्मेवार प्रतिपक्षको रहने बताउनुभयो । मतका हिसावले कांग्रेस प्रतिपक्ष भए पनि संविधान कार्यन्वयनको सन्र्दभमा अगुवा रहेको उहाको भनाई छ ।
केन्द्र , प्रदेश र स्थानीय सरकारकाबीच द्वन्द्व बढ्न थालेको भन्दै केन्द्रीय सदस्य थापाले यसले सरकार संविधान कार्यान्वयनप्रति उदासिन छ भन्ने प्रष्ट देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...