यस्तोे कुकुर जसले दिनभर मालिकलाई रेलवे स्टेशनमा कुरेर बस्छ
- Posted: Monday, Apr 30, 2018 18:40 PM ( 3 years ago )
वैशाख १७ – कुकुरलाई घरमा पाल्ने परम्परा धेरै पहिलादेखि नै सुरु भएको हो ।
घरको सुरक्षा, पशु चौपायाको सुरक्षाका लागि कुकुर पाल्ने परम्परा धेरै देशमा पाइन्छ । पछिल्लो समय कुकुरलाई ट्रेनिङ दिएर काम लगाउने परम्परा पनि छ । तर चीनमा एउटा यस्तो कुकुर छ जसले मालिकलाई सधैँ अफिसबाट घर ल्याउने र पुर्याउने गर्छ ।
दक्षिण–पश्चिम चीनको युझोङ जिल्लामा ‘शियोङशियोङ’ नामको एउटा कुकुर आकर्षणको केन्द्र बनिरहेको छ । ‘शियोङशियोङ’ एउटा पूच प्रजातिको कुकुर हो । शियोङशियोङले सबैको ध्यान तान्नुको कारण भने उसको दैनिकी हो ।
साउथ चाइना पोष्टका अनुसार गएको ९ वर्षदेखि शियोङशियोङ आफ्नो मालिक काममा गएपछि मालिक नफर्कुन्जेल लिचिपा मेट्रो स्टेशनमा बस्छ र मालिक फर्केपछि मालिकसँगै घर फर्कन्छ । उसका मालिक काम गर्नका लागि लिचिपा रेलवे स्टेसनबाट बाहिर जाने गर्छन । उसको यो अनौठो व्यवहारले मानिसहरुलाई आश्चर्यमा पारेको छ ।
शियोङशियोङको यो व्यवहार सन् १९२० ताकाको जापानी कुकुर हचिकोसँग तुलना गर्न थालिएको छ । हचिकोले आफ्नो मालिक कामबाट फर्किने बेलामा मेट्रो स्टेशनमा कुरेर बस्थ्यो । उसको यो व्यवहार उसको मालिक मरेको ९ वर्षसम्म जारी रह्यो ।
शियोङशियोङलाई उसको मालिकले पालेको लगभग ८ वर्ष भयो भने उसको उमेर भने १५ वर्षको छ । उसको अहिलेका मालिकले नै उसको नाम शियोङशियोङ राखिदिएका थिए । कुकुरका मालिकका अनुसार उनले शियोङशियोङलाई भेटेको दिनदेखि नै कुकुरले उनलाईँ पर्खँदै आएको छ ।
A touching dog's tale in China: Meet Xiongxiong, a 15-yr-old dog in Chongqing who has waited for its owner at the metro station every day for years pic.twitter.com/j72zm7grQE
— People's Daily,China (@PDChina) April 28, 2018
मालिक बिहान ७ बजे काममा गएर १२ घण्टापछि फर्कंदा शियोङशियोङ उनलाई मेट्रो स्टेशनमा कुरिरहेको हुन्छ । उसको बानी पनि अनौठो छ । मालिकलाई कुर्दै गर्दा उ संयमित भएर बस्छ र अरुले दिएको केही खाँदैन । शियोङशियोङ उसको मालिकलाई प्रत्येक दिन फर्केको देख्दा सारै उत्साहित हुन्छ ।
उसले मालिकलाई देख्नासाथ पुच्छर हल्लाउँदै उत्साहित भएर भुक्ने गर्दछ । आजभोलि शियोङशियोङ इण्टरनेट तथा अनलाइन प्रयोगकर्तामाझ लोकप्रिय भैरहेको छ । स्टेशनमा आउने मानिसहरुले कुकुरको फोटो तथा भिडियो खिचेर समाजिक सञ्जालहरुमाझ लोकप्रिय बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...