चिडियाखाना पसेका पर्यटकले मयूरको प्वाख नै तानिदिएपछि...
- Posted: Monday, Apr 30, 2018 17:20 PM ( 3 years ago )
वैशाख १७ – चीनको एक चिडियाखानामा आउने पर्यटकहरुले मयूरको प्वाख चुडाएर लगेपछि त्यहाँको प्रशासनले मयूर हेर्ने २ जना थप स्टाफ थप्ने भएको छ ।
चीनको योङहोउको लियाङ चिडियाखानामा हिँडिरहेको मयूरलाई लखेटेर पर्यटकले प्वाख निकालेपछि मयूरको पुच्छर ठुट्टो भएको छ । यो घटना भने पटक पटक हुने गरेको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ ।
प्वाख नभएको त्यस मयूरको पुच्छरबाट रगत बगिरहेको जनाइएको छ । समाजिक सञ्जालमा मयूरको लामो पुच्छरका सबै प्वाखहरु चुटाइएको देखाइएको छ ।
चिडियाखानामै त्यस्तो घटना भएपछि चिडियाखानाको प्रशासनले पर्यटकलाई मयूरको नजिक जान निषेध गरेको छ ।
प्रशासनले पर्यटकहरुलाई चिडियाखानामा मयूर नजिक नजान चेतावनीमूलक आवाज पनि बजाउने भएको छ । चिडियाखान प्रशासनले त्यस घटना प्रहरीमा दर्ता गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...