यो वैशाख हो कि असार ?
- Posted: Monday, Apr 30, 2018 09:17 AM ( 3 years ago )
काठमाडाैं, वैशाख १७ – केही दिनदेखि लगातार मौसम बदली भएको छ । मौसम धुम्म हुन्छ, एकैछिनमा घाम लाग्छ, फेरि बादल देखिन्छ र पानी पर्छ । काठमाडौंसहित देशका धेरै ठाउँको मौसम यस्तै छ । चैत महिनाभर पनि मौसम यसैगरी बदली भएको थियो । चैत, वैशाखको बेलामा समेत लगातार झरी परेपछि धेरैले भन्ने गरेका छन्–यो असार साउन हो कि, चैत वैशाख ?
यही प्रश्न हामीले मौसमविद बरुण पौडेललाई सोध्यौंँ । जवाफमा उहाँले भन्नुभयो, ‘बदली हेर्दा धेरैलाई असारजस्तो लाग्नु स्वभाविक हो, हामीलाई पनि त्यस्तै लाग्छ । तर यो मनसुन होइन, प्रिमनसुन सक्रिय भएको मात्र हो ।’
लगातार झरी नपर्ने, तर बेलाबेला बदली भएर पानी पर्ने क्रम अझै केही दिन रहने उहाँले बताउनुभयो । ‘प्रिमनसुनसँगै बंगालको खाडबाटी जलवाष्पयुक्त हावा आउनाले पनि यस्तो भएको हो’ उहाँले भन्नुभयो, ‘पूर्वमा न्युनचापीय क्षेत्र बन्दा देशभरकै मौसममा बदली भएको छ ।’
सामान्यतया फागुन अन्तिम सातादेखि तापक्रम विस्तारै बढ्दै जाने गर्छ । तापक्रम बढ्दै गएपछि वायुमण्डलमा बनेको बाफ बादलमा मिसिन पुग्छ । यसरी बनेको बादलका कारण साँझ परेपछि पानी पर्ने गर्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार प्रिमनसुनी अवधिमा पानी पर्दा मेघ गर्जने, पानीसँगै असिना पर्ने, चट्याङ पर्ने सम्भावना बढी हुने गर्छ ।
प्रिमनसुनको अवधिमा पानी पर्दा हावाहुरीको जोखिमसमेत बढी हुने गर्छ । महाशाखाका अनुसार प्रिमनसुनको समयमा स्थानीय रूपमा जलवाष्पबाट बनेको बादलको पानी धेरैबेरसम्म रहन सक्दैन । यस्तो अवस्थामा घाम लाग्ने र पानी पर्ने भइरहन्छ । स्थानीय जलवाष्पबाट बनेका बादलका कारण हिमाली तथा पहाडी क्षेत्रमा बेलुकाको समयमा पानी पर्ने सम्भावना धेरै हुन्छ ।
तर अहिले प्रिमनसुनको अवधिमा नै बिहानैदेखि बादल लाग्ने, पानी पर्ने गतिविधि भइरहेको छ । मौसमविद् वरुण पौडेलले भन्नुभयो ‘कहिलेकाहीँ पश्चिमी वायु प्रणालीसँगै स्थानीय वायुको पनि प्रभाव एकैपटक पर्ने हुँदा बिहानैदेखि पनि वर्षा हुने गर्छ ।’
छिनमै पानी पर्ने, मेघगर्जने र चट्याङ पर्ने प्रक्रिया प्रि–मनसुनको गतिविधि हो । चैत दोस्रो सातादेखि जेठसम्म प्रि–मनसुनको अवधि रहन्छ । यस अवधिमा हरेक दिनजसो मध्यान्ह्पछि हावा हुरीसहित हल्का वर्षा हुन्छ ।
यो वर्ष प्रिमनसुनको अवधिमा औसतभन्दा बढी पानी परेको महाशाखाले जनाएको छ । दैनिकजसो पानी पर्दा आकासमा बादल धुम्म हुँदा केही चिसो भएको अनुभव भए पनि तापक्रम भने घटेको छैन । पानी पर्दा सामान्य रुपमा नै अधिकतम तापक्रम भने केही मात्रामा घटेको छ ।
मौसमविद् पौडेल भन्नुहुन्छ, ‘यसपटकको प्रिमनसुनको अवधिमा परेको पानीका कारण मनसुनी वर्षा राम्रो हुन्छ भनेर अहिले नै भन्न सकिँदैन ।’ पूर्वी वायु प्रणालीले मनसुनी वर्षा गराउने र पश्चिमी वायु प्रणाली र स्थानीय मौसम चक्रको प्रभावले प्रिमनसुनी वर्षा गराउने गर्छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...