Total Hits: 0

​दाङमा आविष्कार केन्द्र खोल्ने इच्छा छ : महावीर पुन

  • Posted: Sunday, Apr 29, 2018 19:07 PM ( 5 years ago )

दाङ, वैशाख – १६ – म्यागसेसे पुरस्कार विजेता महावीर पुनले दाङको तुलसीपुरमा आविष्कार केन्द्र खोल्ने बताउनुभएको छ ।

तुलसीपुर उप–महानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्नका लागि आफू इच्छुक रहेको उहाँले बताउनुभयो । प्रविधिको विकास बिना कुनै पनि ठाउँको विकास हुन नसक्ने भन्दै पुनले तुलसीपुरको विकासका लागि पनि प्रविधिको विकास महत्वपूर्ण रहेको बताउनुभयो । 

‘अहिले सामान्य तबरले केन्द्रको स्थापना गर्ने र त्यसलाई क्रमशः विस्तार गर्दै लैजान सकिन्छ’, तुलसीपुर उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले भन्नुभयो, ‘राष्ट्रिय आविष्कार केन्द्रले शिक्षा, स्वास्थ्य र कृषिका लागि मोबाइल एप्लिकेशन समेत बनाएर काम गरिरहेको छ । मैलै नागरिकसँग सहयोग लिइरहेकाले मेरो आविस्कार व्यवसायिक हुँदैन ।’

उहाँले आफूले नागरिकको सेवाकै लागि काम गर्ने बताउनुभयो । सरकारले सहयोग गरे विज्ञान र प्रविधिको क्षेत्रमा थुप्रै काम उहाँको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook