Total Hits: 0

​उत्तर कोरियाका नेता किम जोन उन पहिलो पटक दक्षिण कोरियामा

  • Posted: Friday, Apr 27, 2018 07:18 AM ( 3 years ago )

वैशाख १४ – उत्तर कोरियाका नेता किम जोन उन सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रिपति बनेका छन् ।

सन् १९५३ मा भएको युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनबीच भेटवार्ता भएको हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनाव यो भेटपछि सुध्रिने विश्वास लिइएको छ ।

दुई कोरियाका नेताबीच स्थानीय समयअनुसार ९ बजे गैरसैनिक क्षेत्रमा भेटघाट हुने समय तालिका मिलाइएको थियो । भेटमा उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने विषयमा छलफल हुने जनाइएको छ ।

दुवै कोरियाका नेताले कोरियाकै परम्परा अनुसार भेटघाट गरेका छन् । दक्षिण कोरियाका नेता किमसँगको भेटपछि उत्तर कोरियाका नेता मुनले किमलाई भेट्न पाएकोमा आफू खुशी भएको बताएका छन् ।

शुक्रबार बिहान उत्तर कोरियाको पामुन्जोम क्षेत्रको प्रशासनिक भवनबाट किम जोन उन उत्तर र दक्षिण कोरियाको सीमा रेखातिर लम्केका थिए जहाँ उनलाई दक्षिण कोरियाका नेता मून जेइ इन कुरिरहेका देखिन्थे ।

किमले हँसिलो चेहरामा मून नजिकै आएर हात मिलाएका थिए । त्यसपछि दुवै नेताले फोटो खिचाएका थिए । त्यसपछि दुवै कोरियाका नेताले उत्तर कोरियाको भू–भागमा टेकेका थिए र हात समाएरै फेरि दक्षिण कोरियाकै भू–भागमा फर्किएका थिए ।

दुवै नेता रातो कार्पेटबाट दक्षिण कोरियाकाे सैनिक सम्मानमा सहभागी भएका थिए । त्यसपछि दुवै नेता वार्ताका लागि पिस हाउस प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook