Total Hits: 0

​आक्रमणकारीको जरै उखेल्छौँ : गृहमन्त्री थापा

  • Posted: Thursday, Apr 26, 2018 15:37 PM ( 3 years ago )

भक्तपुर, वैशाख १३ – गृहमन्त्री रामबहादुर थापा (बादल) ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्‍याउने र आतंक फैलाउने जरै उखेल्ने बताउनु भएको छ । 

बिहीबार मध्यपुरथिमिमा रहेको नेपाल कोरिया मैत्री अस्पताल पुगेर गएको शनिबारको सांघातिक आक्रमणमा घाइते हुनु भई उपचार गराई रहनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै उहाँले यस्तो बताउनु भएको हो । 
गृहमन्त्री थापाले भन्नुभयो, ‘अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र देशमा आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ, हामी त्यसको जरैदेखि उखेल्छौँ ।’

नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उहाँले आक्रमणकारी जो कोही भएपछि छुट नहुने र कारबाही गरिने बताउनुभयो । 

उहाँले घट्नाका बारेमा जानकारी लिनुभएको थियो भने सीसी क्यामरामा कैद भएका आक्रमणका दृश्य समेत हेर्नु भएको थियो । 

भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायका पदाधिकारीसँग घटनाका बारेमा उहाँले जानकारी लिनुभएको थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराउनु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook