Total Hits: 1.9 K

एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ हुने

  • Posted: Thursday, Apr 26, 2018 14:29 PM ( 2 years ago )

काठमाडौं, वैशाख १३ – फाइनप्रिन्ट प्रकाशनले देशका विभिन्न ठाउँमा एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ । 

महोत्सव पहिलो चरणमा सुर्खेत (वैशाख १५), धनगढी (वैशाख १७) र कोहलपुर (वैशाख १८) मा हुनेछ । 

पहिलो पटक हुन लागेको महोत्सवको उद्देश्य राजधानीमा केन्द्रित लेखक र मोफसलका पाठकबीच सम्बन्ध स्थापित गर्नु रहेको फाइनप्रिन्टले जनाएको छ ।महोत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तकका लेखकहरु मदनकृष्ण श्रेष्ठ, हरिबहादुर थापा,युग पाठक, शिवानी सिंह थारु, अमर न्यौपाने, यज्ञश र नयनराज पाण्डे तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् । 

‘फाइनप्रिन्टले आफ्नो स्थापनाकालदेखि नै नेपालमा पठन संस्कृतिको विकासका लागि काम गर्ने कोसिस गरिरहेको छ’, फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यसपटकको महोत्सव पनि त्यसैको एउटा प्रयास हो ।’

महोत्सवमा सहभागी हुने मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाहले पनि यस किसिमका महोत्सवले लेखक र पाठकबीचको सम्बन्धमा न्यानोपन ल्याउन सघाउ पुर्‍याउने बताए । ‘प्रहरी सेवामा जागिरे भएका कारण समयसमयमा विभिन्न ठाउँमा पोस्टिङ हुने भएकाले मैले पहिलेका साहित्यिक कार्यक्रम-महोत्सवमा सहभागी हुने अवसर पाएको थिइनँ’, उनले भने, ‘तर म पहिलोपटक फाइनप्रिन्ट फिभरमा सहभागी हुँदै छु । पाठकसँगको साक्षात्कारका लागि म उत्साहित छु ।’

‘फाइनप्रिन्ट फिभर’ को दोस्रो चरण जेठमा हुने निरज भारीले बताए । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook