Total Hits: 0

​आजीवन जेलमै सड्नेछन् आसाराम बापू

  • Posted: Wednesday, Apr 25, 2018 16:46 PM ( 3 years ago )

वैशाख १२ – नाबालिग बालिकालाई बलात्कार गरेको मामिलामा जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ । 

आसारामको अलावा यस विषयमा शिवा, शरतचन्द्र, शिल्पी तथा प्रकाश नाम गरेका व्यक्तिहरु अभियुक्त थिए । अदालतले शिल्पी र शरतचन्द्रलाई २०–२० वर्षको जेलसजाय सुनाएको छ । आसारामको आश्रमको भान्छामा काम गर्ने प्रकाश र आसारामका निजी सचिव प्रकाशलाई भने अदालतले रिहा गर्न आदेश दिएको छ । यस घटनामा दुवै पक्षको बहस पहिले नै सकिएको थियो । बुधबार अदालतले अन्तिम फैसला सुनाएको हो  ।

के हो जोधपुर घटना ?

७७ वर्षीय धर्मगुरु आसाराममाथि सन् २०१३ मा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । ती किशोरीका आमाबुवा आसारामका भक्त थिए । एक दिन छिंदवाडा आश्रमको विद्यालयमा ती किशोरी लडेपछि आश्रमका केही व्यक्तिको सल्लाहमा आमाबुवाले उपचारका लागि जोधपुरमा रहेको आसारामको आश्रममा पुर्याएका थिए । प्रहरीका अनुसार ती किशोरीलाई भूतप्रेतको छायाँले नछोडेको भन्दै आश्रममा लैजान आग्रह गरिएको थियो । 

प्रहरीका अनुसार उपचार गर्न आएकी किशोरीमाथि आसारामले बलात्कार गरेका थिए । आसाराममाथि अन्य महिलाहरुलाई पनि बलात्कार गरेको घटनामा मुद्धा चलिरहेको छ । 

१५ अगस्ट २०१३ मा आसारामले दुव्र्यवहार गरेपछि ती किशोरीले २० अगस्टका दिन दिल्लीको एउटा प्रहरी चौकीमा उजुरी दिइन् । त्यसपछि यो मुद्धालाई जोधपुर सारिएको थियो । त्यसपछि आसारामलाई मध्य प्रदेशको इन्दौरबाट गिरफ्तार गरिएको थियो । उनलाई गिरफ्तार गरिएको विरोधमा उनका समर्थकले विरोध तथा हंगामा मच्चाए । 

गिरफ्तारपछि आसारामको मेडिकल चेक गरिएको थियो । त्यसमा उनी दोषी देखिए । २०१३ कै सेप्टेम्बर २ का दिन उनलाई न्यायिक हिरासतमा राखिएको थियो । त्यसपछि उनी जेलमा रहेका छन् । आसारामको तर्फबाट अहिलेसम्म १२ पटक जमानतका लागि निवेदन परे पनि एउटा पनि स्वीकार गरिएन । 

साक्षीमाथि आक्रमण

सन् २०१४ बाट यस घटनाको सुनुवाई सुरु भएको थियो । यस मुद्धाको सुनुवाई सुरु भएसँगै घटनाका साक्षीमाथि आक्रमण सुरु हुन थाल्यो । आसारामका निजी सहायक अमृत प्रजापतिको मे महिनामा गोली हानी हत्या गरियो ।

त्यस्तै उनको भान्छामा काम गर्ने अखिल गुप्तालाई २०१५ मा मुजफ्फरनगरमा हत्या गरियो । बलात्कार काण्डमा साक्षी भनिएका राहुल सचानमाथि जोधपुर अदालत परिसरमै चक्कु हानियो । उनी अहिलेसम्म बेपत्ता रहेका छन् । त्यस्तै अर्का साक्षी महेन्द्र चावलामाथि पनि गोली प्रहार गरियो । 

यस घटनाका नौ जना साक्षीमाथि आक्रमण भएको छ । जसमा एक जना पत्रकार पनि रहेका छन् । यीमध्ये तीन जनाको ज्यान गएको छ भने एक जना बेपत्ता रहेका छन् ।

को हुन् आसाराम बापू ?

आसाराम धार्मिक उपदेश दिने गुरु मानिन्छन् । उनले भारतमा झण्डै चार सय आश्रम स्थापना गरेका छन् । विश्वभर उनका लगभग चार करोडको संख्यामा भक्त रहेको बताइन्छ ।

आसारामको जन्म वर्तमान पाकिस्तानको सिन्ध प्रान्तमा सन् १९४१ मा भएको थियो । भारत–पाकिस्तान विभाजनपछि उनी भारतको गुजरातमा आएर बसेका थिए । ४५ वर्ष पहिले नै उनले गुजरातमा उनले आफ्नो पहिलो आश्रम स्थापना गरेका थिए । भारतका कैयौँ राजनेतासमेत उनको प्रशंसक रहेको बताइन्छ ।

भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पनि आसारामको प्रशंसक रहेको उनको धार्मिक कार्यक्रममा समावेश भएका थिए । तर आसाराम बापूलाई ढोंगी र समाजमा अराजकता फैलाउने बाबाको रुपमा पनि धेरैले हेर्ने गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook