Total Hits: 0

आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ

  • Posted: Tuesday, Apr 24, 2018 19:04 PM ( 3 years ago )

भक्तपुर, वैशाख ११ – नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव एवं नेता कृष्णगोपाल श्रेष्ठले गएको शनिबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गर्नुभएको छ । 

आक्रमणबाट घाइते भई हाल मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझ अस्पताल आउनु भएको श्रेष्ठले फोनबाटै आमणकारीलाई तत्काल पक्राउ गर्न खनाललाई आग्रह गर्नुभएको हो । 

उहाँले फोनबाटै महानिरीक्षक खनाललाई भन्नुभयो– ‘आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा पनि आजसम्म किन कोही पक्राउ पर्दैनन् ? आक्रमणमा संलग्न कोही पनि छुट्न भएन, तत्काल सबैलाई पक्राउ गर्नुस् ।’

नेता श्रेष्ठले आक्रमणका बारेमा अन्य नगरपालिकाका प्रमुखले कुनै विरोध नगरेको भन्दै नगरपालिकाका प्रमुखहरु मौन बस्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मध्यपुरको मेयरमाथि आक्रमण हुँदा किन देशभरका मेयरहरु मौन छन्, यस्ता आक्रमण भोलि अरु मेयरमाथि पनि हुन सक्छ, यो चोर बिरालो पल्किएको जस्तै हो, महानगरपालिकाको मेयरले नेतृत्व लिएर आक्रमणको विरोध र आक्रमणकोरीलाई पक्राउ गर्न देशव्यापी रुपमा दबाब दिनुपर्छ ।’

आजै नगरपालिका महासंघका अध्यक्ष अशोक व्याञ्जूले घाइते श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी लिनुभएको थियो । उहाँले महासंघले आक्रमणको घोर निन्दा गरेको बताउँदै महासंघ चुप लागेर नबस्ने बताउनु भएको थियो । 

आजै प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीको नेतृत्वमा गएको प्याब्सनको टोलीले श्रेष्ठको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न ढिलाई गरे प्याब्सन चुप लागेर नबस्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook