Total Hits: 0

भारतीय प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा रफीक पक्राउ

  • Posted: Tuesday, Apr 24, 2018 16:02 PM ( 3 years ago )

वैशाख ११ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सन् १९९८ मा कोयम्बटूरमा गराइएको बम विस्फोटमा दोषी ठहरिएका मोहम्मद रफीकलाई तामिलनाडु प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई गिरफ्तारपछि १५ दिनको न्यायिक हिरासतमा राखिएको छ । उनले सन् १९९८ म भएको बम विस्फोटको मुद्धामा पाएको सजाय पूरा गरिसकेका छन् । 

भारतीय समाचार संस्था एएनआईका अनुसार आरोपी मोहम्मद रफीकको टेलिफोन रेकर्डिङ प्रहरीले फेला पारेको छ । जसमा रफीकले प्रकाश नाम गरेका व्यापारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनाएको कुरा भएको प्रहरीले बताएको छ ।

रफीकले प्रकाशसँग गरेको कुराकानी सामाजिक सञ्जालमा पनि बाहिरिएको छ । रफीकले आफ्नो योजना सुनाउँदै प्रकाशसँग भनेका छन्, ‘मैले प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने निर्णय लिएको छु । मैले नै कोयम्बटूर भ्रमणमा रहेका बेला बीजेपी नेता लालकृष्ण आडवाणीलाई लक्षित गरेर बम विस्फोट गराएको थिएँ ।’ तामिलनाडुको कोयम्बटूरमा भएको बम विस्फोटमा ५८ जनाको ज्यान गएको थियो ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook