Total Hits: 0

प्रदेश ४ को नाम ‘धौलागिरि’ र राजधानी पोखरा तोक्न म्याग्देलीको सुझाव

  • Posted: Tuesday, Apr 24, 2018 14:45 PM ( 4 years ago )

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, वैशाख १० – प्रदेश नम्बर ४ को नाम ‘धौलागिरि’ प्रदेश र राजधानी पोखरालाई नै तोक्न म्याग्दीका सरोकारवालाहरुले सुझाव दिएका छन् ।
 
प्रदेश राजधानी तथा नामाङ्कन समिति प्रदेशसभाले सोमबार बेनीमा आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा म्याग्दीका सरोकारवालाहरुले प्रदेशको नाम धौलागिरि राख्दा उपयुक्त हुने तर्क गरेका हुन् ।
कार्यक्रममा उनीहरुले जातीयता र क्षेत्रीयतालाई प्रदेशको नामाङ्कनमा जोड्न नहुने बताउँदै बहुसङ्ख्यक जनताले स्वीकार गर्ने नामबाट प्रदेशको नाम राखिनुपर्नेमा जोड दिए । 
 
नेपालको ४ नम्बर प्रदेश हिमालै हिमालको प्रदेश भएकाले पनि नामाङ्कनमा हिमाललाई समेट्न सकेमा दिर्घकालीन फाइदा हुनेहुँदा सम्रग प्रदेशलाई समेट्ने गरी नाम अनुमोदन गर्न सुझाव दिइएको छ ।
 
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले प्रदेशको राजधानी पोखरा नै उपयुक्त रहेको बताउँदै प्रदेश ४ को नाम धौलागिरि राख्नुपर्ने बताउनुभयो ।
 
उहाँले धौलागिरि नभएमा कालीगण्डकी वा गण्डकी–धौलागिरि प्रदेश राख्न सकिने बताउनुभयो । पूर्व–सभासद गोविन्दप्रसाद पौडेलले ४ नम्बर प्रदेशको नाम विभिन्न शीर्षकबाट राख्न सकिने भए पनि धौलागिरि प्रदेश राख्दा उपयुक्त हुने तर्क गर्नुभयो ।
 
प्रदेश ४ मा साविकको धौलागिरि र गण्डकी अञ्चल रहेको बताउँदै राजधानी पोखरा नै उपयुक्त हुने भएकाले प्रदेशको नाम धौलागिरि राख्नुपर्ने नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले धौलागिरि प्रदेश राख्न नसकिए गण्डक प्रदेश राख्दा पनि फरक नपर्ने बताउनुभयो ।
 
माओवादी केन्द्रका नेता शेरबहादुर केसीले प्रदेश ४ को पर्वत, स्याङ्जा र नवलपुरबाहेक अन्य सबै जिल्लालाई हिमालले छोएको हुँदा हिमालय प्रदेश राख्नुपर्ने बताउनुभयो ।
 
नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले प्रदेश ४ को नाम धौलागिरि राखिनुपर्ने बताउँदै यो नभएमा कालीगण्डकी वा गण्डकी प्रदेश राख्नुपर्ने बताउनुभयो ।
 
नामाङ्कनमा साविकको धौलागिरी अञ्चलभित्र रहेको कालीगण्डकी, धौलागिरी हिमाल लगायतलाई समेट्नुपर्ने सरोकारावालाको भनाई छ । प्रदेशको राजधानी पोखराको विकल्प नभएको बताउँदै एतिहासिक, विश्वमै पहिचान भएकाले पनि हिमालय प्रदेश एउटा विकल्प हुने बताइएको थियो ।
 
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा विश्वकै ७ औं अग्लो धौलागिरी र अन्नपूर्ण हिमालसहित हिम चुचुराबाट विश्वभर प्रचारपसार गर्न हिमालय, गण्डक, कालीगण्डकीमध्ये र गोरखा प्रदेशसहित दर्जनभन्दा धेरै नामहरु प्रस्ताव गरिएको छ । 
 
केहीले तमुवान र मगरात प्रदेशका बारेमा समेत आफ्नो सुझाव राखेका थिए । गण्डकी र धौलागिरीलाई समेट्ने गरी नामाङ्कन उपयुक्त हुने राजनीतिक दलका अगुवा नेताहरुको भनाई छ ।
 
छलफलमा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सुरुवात गरेकाले पनि गोरखा प्रदेशका बारेमा समेत प्रस्ताव गरिएको थियो । विश्वमा नेपालीहरु वीर गोर्खालीका नामले चिनिने हुँदा गोरखा प्रदेश राख्न पनि सकिने बताइएको छ ।
 
प्रदेशसभाका सदस्यहरु कृष्ण थापा, दीपक कोइराला र विनोद केसीले जिल्लास्तरमा नागरिकबाट सङ्कलन गरिएको सुझावको आधारमा नै प्रदेशसभाले प्रदेशको नाम र राजधानी निर्धारण गर्ने बताएका छन् ।
 
उनीहरुले सबैको भावना समेटिने गरी प्रदेशको नामाकरण हुने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook