यस्ताे छ कान दुख्ने कारण र बच्ने उपाय
- Posted: Tuesday, Apr 24, 2018 11:38 AM ( 3 years ago )
-डा. दिपक रेग्मी
१. संक्रमण
संक्रमण कानको प्रमुख समस्या हो । संक्रमण कानका तीनवटै भागमा हुन सक्छ । कानमा कानेगुजी भरीनु, पाक्नु, दुख्नु, कानमा पीप जम्मा हुनु आदि कानको संक्रमणका लक्षण हुन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानमा पीप जम्मा हुँदा त्यो मस्तिष्कमा पुगेर शरीरको सन्तुलन बिग्रिन सक्छ । कानमा नङ बराबरको एउटा हड्डि हुन्छ त्यो पाक्दै जादा मस्तिष्कमा संक्रमण पुग्यो भने ज्यानै जाने संभावना पनि हुन्छ ।
२. श्रवणशक्तिमा ह्रास
सहरीकरण, औद्योगीकरण र सवारी साधनबाट निस्केको ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास ल्याउँछ । ६० डेसिबलभन्दा बढी हुने ध्वनि हानिकारक मानिन्छ । ८० डेसिबलभन्दा बढी ध्वनिले बहिरोपन ल्याउन सक्छ । नेपालमा इलेक्ट्रोनिक डिभाइसका प्रयोगकर्ताहरुमा बहिरोपनको जोखिम रहेको हुन्छ ।
४. कान दुखाइ
कानमा संक्रमण फैलिएमा र कानबाट कानेगुजी आउने बाटो अवरुद्घ भएमा कान दुख्छ । कानेगुजी निकाल्नलाई कोट्याउँदा र कान सफा गर्न तेल हाल्दा पनि कान दुख्छ । कानभित्र जम्मा भएको कानेगुजी प्राकृतिक रुपमा आफैँ निस्किन्छ । अप्राकृतिक ढंगले कानेगुजी निकाल्न कान कोट्याउँदा कानेगुजी निस्किने बाटो बन्द हुन सक्छ र कान दुख्छ । कसैकसैमा कानभित्र ठोसपदार्थ धेरै भयो र झोल पदार्थ थोरै भयो भने कानेगुजी बाहिर सहजै ननिस्किन सक्छ, त्यस्तो अवस्थामा चाहिँ चिकित्सकको परामर्श लिई कान सफा गर्नुपर्छ । यस्तै, पटक–पटक रुघाखोकी लागिरहने र शरीरमा रोगप्रतिरोधात्मक शक्ति कम भएकालाई पनि कानको समस्या आउँछ ।
५. कान चिलाउने
शरीरमा दाद र कपालमा चाया भने जस्तै, कानभित्र पनि दाद र चायाँ दुवै हुन्छ । कानभित्रको दादलाई डर्माटाइटिस भन्ने गरिन्छ । कान चिलाउने अर्को कारण ‘फंगस इन्फेक्सन’ हो, जसलाई हामी ढुसी पलाउने भन्छौँ । कानमा ढुसी जम्मा हुँदा कान चिलाउने गर्छ । ढुसी पर्ने समस्या मधुमेहका बिरामी, कान कोट्याउने र तेल हाल्ने बानी भएकामा बढी हुन्छ । त्यसैले पनि कानमा तेल राख्नुहुँदैन ।
कानको संक्रमणका कारण मेनिन्जाइटिस, मस्तिष्कमा पिप जम्ने रोग, मुख बांगिने आदि समस्या देखापर्ने गर्छ । कानमा कुनै पनि प्रकारको समस्या देखिएमा बेलैमा सचेत हुनुपर्छ । कान दुखाइसँगै कानका समस्या सामान्य त हुन् नि भनेर चिकित्सककहाँ बेलैमा नजाने हो भने मानिस कान नसुन्ने अवस्थामा पुग्न सक्छ ।
कान सम्बन्धी रोगहरुबाट बच्ने उपाय
- कान कोट्याइरहने वा कानेगुजी निकालिरहने काम नगर्ने ।
- कानमा कुनै पनि झोल पर्दाथ नहाल्ने ।
- बालबालिकामा कानकोे समस्या भए नभएको बारे विद्यालयमा शिक्षक र घरमा अभिभावक सचेत हुने ।
- ध्वनि प्रदूषण बाट बच्ने ,एरफोन धेरै समयसम्म प्रयोग नगर्ने
- वैज्ञानिक पद्दतिद्वारा कानको सफाइ र हेरचाह गर्ने ।
- कानको समस्या भएमा चिकित्सकको परामर्श लिने ।
- संक्रमण फैलिन नदिन समयमै कानको उपचार गर्ने ।
(काठमाडौं मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. दिपक रेग्मीसँग विना न्यौपानेले गर्नुभएको कुराकानी)
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...