Total Hits: 0

​किन बन्द गर्‍याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर ?

  • Posted: Monday, Apr 23, 2018 14:38 PM ( 3 years ago )

वैशाख १० – दक्षिण कोरियाले उत्तर कोरियातर्फ फर्काएर राखेको स्पिकर बन्द गरेको छ । 

यसै साता हुने दुई देशबीचको उच्चस्तरीय वार्तालाई मध्यनजर गर्दै दक्षिण कोरियाले स्पिकरमार्फत गर्दै आएको प्रचारबाजी सोमबार बिहान बन्द गरेको हो ।

उत्तर कोरियासँगको सीमा क्षेत्रमा दक्षिण कोरियाले दर्जनौँ ठूला–ठूला स्पिकर राखेको छ । ती स्पिकरमार्फत दक्षिण कोरियाले के–पप म्युजिक तथा उत्तर कोरियाको ओलोचना गरिएको समाचार प्रशारण गर्दै आएको थियो ।
 

स्पिकरबाट निस्किएको आवाज सीमा क्षेत्रमा रहेका उत्तर कोरियाली सेना तथा सर्वसाधारणले सुन्न सक्थे । स्पिकर बन्द गरेर शुक्रबार हुने वार्तालाई सहज वातावरण सिर्जना गर्न खोजिएको दक्षिण कोरियाले बताएको छ ।

उत्तर कोरियाले पनि सीमा क्षेत्रमा त्यस्तै स्पिकरहरु राखेको छ । उसले पनि आफ्ना सैन्य गतिविधि तथा दक्षिण कोरियाको आलोचनासहितको सामग्री स्पिकरमार्फत प्रशारण गर्ने गर्दछ । 

स्पिकर अन–अफ् भैरहन्छ 

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध गर्दै आएको प्रचारबाजी रोकेको यो पहिलो पटक होइन । कोरियाली युद्धपछि दुवै देशले एकअर्काप्रति प्रचारबाजी गर्दै आएका छन् । सन् २००४ मा दुई देशबीच भएको एउटा सम्झौतापछि यस्तो प्रचारबाजी रोकिएको थियो । 

तर सन् २०१५ मा आफ्नो सेनाका दुई जवानले उत्तरले बिछ्याएको बारुदी सुरुङमा परेर ज्यान गुमाएपछि दक्षिण कोरियाले फेरि स्पिकर सञ्चालनमा ल्याएको थियो । त्यसै वर्ष फेरि एकपल्ट स्पिकर बन्द गरिएको थियो । तर सन् २०१६ मा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेपछि दक्षिण कोरियाले प्रचारबाजी सुरु गरेको थियो । 

उत्तर कोरियासँगको उच्चस्तरीय वार्ताका लागि बन्द गरिएको दक्षिण कोरियाले स्पिकर फेरि सुरु गर्छ कि गर्दैन भन्ने केही कुरा खुलाएको छैन । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook