एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- Posted: Saturday, Apr 21, 2018 17:26 PM ( 3 years ago )
वैशाख ८ – एउटा केराको बिल हजारौँ रुपैयाँ आयो भने तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
तपाईँलाई चक्कर लाग्न सक्छ । यस्तै घटना घटेको छ बेलायतको नोटिंघमकी एक महिलासँग । बेलायती अनलाइन सपिङ पोर्टल आस्डासँग बबी गाेर्डन नाम गरेकी एक महिलाले अनलाइन सामान अर्डर गरेकी थिइन् । उनले एक सय पाउण्डभन्दा कम मूल्य बराबरको सामान अर्डर गरेकी थिइन् ।
@AsdaServiceTeam @BBCNottingham My online delivery arrived. I’ve been charged £930.11 for 1 banana? I am going to be pretty livid if my card has been charged over £1k that my delivery note states!?! #asda #wtf #nottingham pic.twitter.com/czeUOxAUpR
— Bobbie Gordon (@bobbiesgordon) April 17, 2018
सामान अर्डर गरेअनुसार नै आयो तर बिल हेर्दा उनको होश नै उड्यो । नउडोस् पनि कसरी, एउटै केराको मूल्य ९ सय ३० पाउण्ड(झण्डै एक लाख ३६ हजार नेपाली रुपैयाँ) को बिल आएपछि । अनलाइन कम्पनी आस्डाले प्राविधिक गल्तीले गर्दा त्यसो हुन गएको भन्दै गोर्डनसँग माफी मागेको छ । अनलाइन कम्पनीले अाफूहरुकाे गल्ती अाैँल्याइदिएकाे भन्दै गाेर्डनलाई धन्यवाद समेत दिएकाे छ ।
बबी गोर्डनले ट्वीट गर्दै आफूलाई एउटा केराको मूल्य ९३० पाउण्ड लगाइएको बताएकी हुन् । जबकी बेलायतमा एउटा केराको मूल्य लगभग ११ पेन्स पर्दछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...