Total Hits: 1

​यशवन्त सिन्हाले छोडे बीजेपी

  • Posted: Saturday, Apr 21, 2018 14:39 PM ( 3 years ago )

वैशाख ८ – भारत सरकारका पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका यशवन्त सिन्हाले भारतीय जनता पार्टी(बीजेपी) छोडेका छन् । आफूले चुनावी राजनीतिबाट समेत सन्यास लिएको बताउँदै बीजेपीसँग रहेको सबैखाले सम्बन्ध तोडेको सिन्हाले बताएका छन् । 

बिहारको पटनामा आयोजित एक कार्यक्रमका बीच अहिले भारतको लोकतन्त्र खतरामा रहेको बताउँदै सिन्हाले बीजेपी परित्यागको घोषणा गरेका हुन् । राष्ट्रिय मञ्च नाम दिइएको त्यो कार्यक्रममा गैरबीजेपी राजनैतिक दलहरुको सहभागिता रहेको थियो । यो मञ्चको गठन यशवन्त सिन्हा र बीजेपीका अर्का असन्तुष्ट नेता शतुघ्न सिन्हाले गरेका हुन् । 

कार्यक्रममा आम आदमी पार्टीका तर्फबाट आशुतोष र सञ्जय सिंह पनि सहभागी थिए । त्यस्तै कांगे्रस नेतृ रेणुका चौधरी पनि कार्यक्रममा उपस्थित थिइन् । 

यशवन्त सिन्हा अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए । उनी मोदी सरकारको सबैभन्दा मुखर आलोचक पनि मानिन्छन् । उनले बीजेपीका सबै सांसदलाई राष्ट्रिय हितमा लाग्ल अपील गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook