Total Hits: 0

पाकिस्तानका अभिनेता जफरविरुद्ध यौन दुर्व्यवहार आरोप

  • Posted: Friday, Apr 20, 2018 15:30 PM ( 4 years ago )

वैशाख ७ – पाकिस्तानी अभिनेता तथा गायक अली जफरले धेरै बलिउड फिल्ममा काम गरिसकेका छन ।

फिल्म ‘तेरे बिन लादे’ बाट चर्चामा आएका नायक अलि जफरमाथि पाकिस्तानी गायिका मीशा शफीले यौन दुव्र्यवहारको आरोप लगाएकी छिन । गायिका मिशाले आफूमाथि भएको दुव्र्यवहारबारे सोसल मिडियाबाट सार्वजनिक गरेकी हुन् ।

उनले यस कुराको खुलासा गरेर समाजमा यौन शोषणमा परेर पनि उक्त कुरालाई सार्वजनिक नगरी गुपचुप राख्ने प्रवृत्तिलाई तोड्न चाहेको बताएकी थिइन । उनले यस्ता कुरालाई सार्वजनिक गर्न सजिलो नभएको तर चुप लागेर बस्नु पनि समस्याको हल नभएको कुरा बताएकी छिन । मिशाले आफ्ना कुरा लेखेर #meToo  का साथमा ट्याग गरेकी छिन ।

३६ वर्षीया मीशा २ सन्तानकी आमा हुन् । उनले लेखेकी छिन ‘आफू सधैं युवा र विशेष गरी युवतीहरुलाई अघि बढ्नको लागि प्रोत्साहन गरेकी छु । आफ्ना फ्यानहरुको साथ र हौसलाले म त्यो स्थानमा पुगेकी छु, जहाँबाट म केही मुद्दाहरुमा आवाज उठाउन सक्छु ।

तर केही मुद्दाहरुमा आवाज उठाउन सजिलो छैन । तिनै मुद्दाभित्रको एक विषय यौन दुव्र्यवहार पनि हो । म माथि कयौं पटक यस्तो भएको छ । अलि जफरबाट म माथि दुव्र्यवहार त्यो बेला भएको थियो जुन बेला म आफ्नो करियरको सुरुवात गरिरहेकी थिएँ । अलि सँग मेरो वर्षौदेखि चिनजान छ र उनले गरेको दुव्र्यहारले म भित्रभित्रै टुक्रिएको महशुस गरिरहेकी थिएँ । मलाई यो पनि थाहा छ कि यस किसिमको दुव्र्यवहार झेल्ने म एक्लै मात्रै छैन । ’

मीशाले यस किसिमका घटनाहरुमाथि चुपचाप रहने प्रवृत्तिलाई तोड्न चाहेको बताएकी छिन । साथै महिलाहरुको उदाहरण बन्दै यस्ता ज्यादतिहरुलाई सबैले बाहिर ल्याउन सघाएको बताएकी छिन । 

मिशाले यस कुराको खलाशा गरेको केही समय पछाडि सोसल मिडिया मार्फत लगाइएको आरोपलाई अली जफरले भने अश्विकार गरेका छन । उनले आफू #meToo अभियानबारे जानकार रहेको र यस अभियानलाई आफूले सहयोग पनि गरेको कुरा बताएका छन । तर आपफूमाथि लगाइएका सबै आरोपहरु झुट रहेको बताएका छन ।

उनले लेखेका छन म दुई बच्चाको पिता हुँ र एक जिम्मेवार पति र छोरा हुँ । मैले मेरो परिवार र साथीभाईलाई आवश्यक परेको बेला सधैँ साथ दिएको छु । मलाई बद्नाम गर्न अहिले जे गरिएको छ । यसका बाबजुद पनि म त्यही गर्नेछु ।

म सँग लुकाउनका लागि केही पनि छैन र अब म यस कुराको जवाफ दिन पनि चुप बसेर बस्ने छैन ।  मलाई सोसल मिडियामा यस किसिमका आरोपहरुको जवाफ दिनु मलाई सही लाग्दैन । उनले यस विषयलाई लिएर अदालत जाने कुरा बताएका छन ।

साथै सामाजिक सञ्जालमा आफ्नो रिस पोखेर #meToo  अभियान, आफ्नो परिवार र फ्यानको चित्त दुखाउन नचाहेको कुरा पनि लेखेको छफ्यानको चित्त दुखाउन नचाहेको कुरा पनि लेखेको छन । 

http://i1128.photobucket.com/albums/m495/rinakanif/2013%20new/2013%20new002/2013%20new002037/juiyu.jpg~original

 

अली जफर पाकिस्तानमा गायन शैली र अभिनयका साथै उनको सामाजिक कार्यको लागि पनि चर्चित छन् । शाहरुख खानको फिल्म ‘डियर जिन्दगी’ मा अलीको केमियो थियो । यस्तै फिल्म ‘मेरे ब्रदर की दुल्हन’, ‘चश्मे बद्दुर’, ‘किल दिल’ लगायतका फिल्ममा पनि अलीको अभिनय रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook