Total Hits: 0

​सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय

  • Posted: Thursday, Apr 19, 2018 17:10 PM ( 4 years ago )

वैशाख ६ – सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन । 

सलमानको जति चर्चा चुलिएकाे छ त्यतिनै चर्चा उनी अभिनित फिल्महरुको पनि हुने गर्छ । 

अहिले फिल्म ‘रेस ३’ र ‘भारत’ मा काम गरिरहेका सलमानको अर्को फिल्म ‘दबंग ३’को पनि त्यति नै चर्चा छ । यस फिल्ममा टेलिभिजनकी ‘नागिन’ मौनी रोयको पनि विशेष भूमिका रहनेछ । मौनी रोय  ‘दबंग –३’ मा सलमानका साथ उनकी प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् ।

यस अघिको फिल्ममा झैँ सलमानलाई चुलबुल पाण्डेको रुपमा प्रस्तुत गरिने भएकाले यस अघिकै कहानीसँग जोडेर फिल्म निर्माण गरिने छ । तसर्थ फिल्ममा मौनी रोयको भूमिका छोटो समयको लागि मात्रै हुनेछ । मौनी चलचित्रमा झण्डै २० मिनेट मात्रैका लागि देखिनेछिन् । अरबाज खानद्वारा निर्माण गरिने यस फिल्मको काम जुन महिनादेखि सुरु गरिनेछ । 

टेलिभिजनकी अभिनेत्री मौनी रोय अक्षय कुमारको फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यू गर्दैछिन् । फिल्म ‘गोल्ड’ यो वर्षको अगष्टमा प्रदर्शन हुनेछ । साथै आलिया भट्ट र रणवीर कपूर अभिनित फिल्म ‘ब्रम्हस्त्र’ मा पनि मौनी रोयको अभिनय रहनेछ । निर्देशक अयान मुखर्जीद्धारा निर्देशित यस फिल्ममा मौनी नकारात्मक भूमिकामा देखा पर्नेछिन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook