Total Hits: 0

​भारतीय सेनाको जागिर छोडेर आतंकवादी संगठनमा प्रवेश गरे यी युवक

  • Posted: Wednesday, Apr 18, 2018 20:25 PM ( 3 years ago )

वैशाख ५ – भारत प्रशासित कश्मीर घर भएका एक भारतीय सैनिक चरमपन्थी संगठामा हिजबुल मुजाहिद्धिनमा प्रवेश गरेका छन् ।

बीबीसीसँगको कुराकानीमा जम्मू–कश्मीर प्रहरीको उच्च स्रोतले यो कुराको पुष्टि गरेको छ । भारतीय सेनाको जागिर छोडेर आतंकवादी संगठनमा प्रवेश गर्ने ती युवक कश्मीरको शोपिया जिल्लाका नागरिक हुन् । 

प्रहरीले ती युवक इदरीस मीर रहेको बताएको छ । केही वर्ष पहिले कलेजको पढाई बीचैमा छाडेका मीरले जम्मू–कश्मीरको लाइट इन्फेन्ट्री युनिटमा प्रवेश गरेका थिए । यो भारतीय सेनाको एउटा सहायक कम्पनीका रुपमा रहेको छ । सेनाका अधिकारीका अनुसार पनि मीरले गएको महिना उत्तरी कश्मीरमा रहेको एउटा सैन्य क्याम्प छोडेर गएका थिए । 

सामाजिक सञ्जालमा भाइरल

सेनाका एक शीर्ष अधिकारीले बीबीसीसँग कुरा गर्दै यस विषयमा भनेका छन्, ‘अहिलेसम्म हामीकहाँ उनी आफ्नो डयूटीबाट अनाधिकृत तरिकाले अनुपस्थित भएको सूचना छ । आतंकवादी संगठनमै प्रवेश गरेको सूचना हामीले पाएका छैनौँ ।’

सोमबारबाट हातमा बन्दुक लिएर उभिएको मीरको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । पोस्टरमा उनको परिचय ‘हम्जा हिज्बी’ लेखिएको छ । साथै उनले अप्रिल १५ बाट चरमपन्थी संगठन हिजबुल मुजाहिद्धीनमा एउटा पद सम्हालेको जानकारी छ ।

जम्मूृ–कश्मीर प्रहरीका एक वरिष्ठ अधिकारीले चरमपन्थी संगठनमा प्रवेश गरेर मीरले ठूलै जिम्मेवारी वहन गरेको कुरामा धेरै सम्भावना रहेको बताए । ती प्रहरी अधिकारीका अनुसार केही समयअघि मीरको सरुवा झारखण्ड गरिएको थियो । सरुवाबाट मीर खुशी नभएको ती प्रहरी अधिकारीले बताए । 

भारतीय सेना के भन्छ ?

भारतीय सेनाले इदरीस मीर चरमपन्थी संगठनमा प्रवेश गरेको कुरालाई खासै गम्भीरतापूर्वक लिएको छैन । सेनाका अधिकारी भन्छन्, ‘यदि इदरीस चरमपन्थी संगठनमा प्रवेश गरेकै खबर सही हो भने पनि हामीले यसको पछाडिको सन्दर्भ हेर्नुपर्छ । त्यसपछि मात्रै हामीले यसको उद्धेश्य तथा कारण पत्ता लगाउन सक्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook