Total Hits: 0

अमेरिका र उत्तर कोरियाबीच किन भयो गोप्य वार्ता ?

  • Posted: Wednesday, Apr 18, 2018 19:59 PM ( 3 years ago )

वैशाख ५ – अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता भएको छ । 

अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पियो सुटुक्क उत्तर कोरियाको भ्रमणमा गए । उनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेटे । 

अमेरिकी मिडियामा आएका समाचार अनुसार सीआईएका निर्देशक पोम्पियो इस्टर पर्वका बेला मार्च ३१ तथा अप्रिल १ मा उत्तर कोरियाको गोप्य भ्रमणमा गएका थिए । 

पोम्पियोको उत्तर कोरियाको भ्रमणको मुख्य उद्धेश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा किम जोङ उनसँगको सीधा कुराकानीको वातावरण तयार पार्नु रहेको बताइएको छ । 

यसभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तालाई उच्चस्तरीय वार्ताको संज्ञा दिएका थिए । 

के कुरा भयो गोप्य वार्तामा ?

वाशिंगटन पोस्टका अनुसार माइक पोम्पियोको उत्तर कोरिया भ्रमण रेक्स टिलरसनको राजीनामा तथा सीआईए प्रमुखबाट विदेश मन्त्री बनेलगत्तै भएको थियो । अखबारका अनुसार तत्कालीन अमेरिकी विदेश मन्त्री मेडलिन अल्ब्राइटले सन् २००० मा किम जोङ इललाई भेट्न उत्तर कोरियाको भ्रमण गरेका थिए । यसपछि दुई देशबीचमा उच्च स्तरको सम्पर्क भएको छैन । 

वाशिंगटन पोस्टले सीआईए, ह्वाइट हाउस तथा संयुक्त राष्ट्र संघमा रहेका उत्तर कोरियाका प्रतिनिधिसँग पोम्पियोको भ्रमणको आधिकारिकता मागे पनि उनीहरुले यसको पुष्टि गर्न मानेनन् । पछि रोयटर्सले आफ्नो गोप्य स्रोतमाफर्त यो सूचनाको पुष्टि गरेको थियो । 

कसरी भयो अमेरिका र उत्तर कोरियाबीच सम्पर्क ?

उत्तर कोरिया र अमेरिकाबीच कुनै कुटनैतिक सम्बन्ध कायम छैन । तर अमेरिकी गुप्तचर निकायका अधिकारीको उत्तर कोरिया भ्रमण भने यो पहिलो पल्ट भएको होइन । यसअघि पनि दुवै देशको तर्फबाट केही प्रतिनिधि तथा कुटनैतिक अधिकारीहरुको भ्रमण भएको छ ।

यसअघि सन् २०१४ मा नेसनल इन्टेलिजेन्स एजेन्सीका निर्देशक जेम्स क्लेपर उत्तर कोरियाली जेलमा रहेका दुई अमेरिकी नागरिकलाई छुटाउने पहल गर्न उत्तर कोरियाको भ्रमणमा गएका थिए । तर पनि दुवै देशबीच सम्पर्क मुख्य रुपमा अनाधिकृत च्यानल तथा मध्यस्थकर्ताको माध्यमबाट हुने गरेको छ । 

कहिले र कहाँ हुनेछ ट्रम्प र किमबीच वार्ता ?

पछिल्लो महिना नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्याशित रुपमा उत्तर कोरियाले गरेको वार्ता प्रस्ताव स्वीकारेका थिए । योभन्दा पहिले उत्तर कोरिया र अमेरिकाका राष्ट्रपतिबीच आधिकारिक भेट भएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले जुन वा त्योभन्दा पहिले उत्तर कोरियासँग वार्ता हुन सक्ने सम्भावना रहेको बताएका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग अमेरिकी राष्ट्रपति ट्रम्पको भेटवार्तालाई लिएर जापान चिन्तित रहेको खबर सार्वजनिक भएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबे अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुराकानी गर्न अमेरिका गएका छन् ।

फ्लोरिडामा रहेको आफ्नोे मार–ए–लागो–रिसोर्ट ट्रम्पले आबेलाई आमन्त्रित पनि गरेका छन् । त्यहाँ दुई नेताले गल्फ खेल्ने योजना बनाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया मामिलामा जापान र अमेरिकाबीच कुनै मतभेद नरहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook