६९ लागे मदनकृष्ण, यो वर्ष काटिने छैन केक
- Posted: Wednesday, Apr 18, 2018 18:59 PM ( 4 years ago )
काठमाडौं, वैशाख ४ – तिथिअनुसार हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ ।
विक्रम सम्वत २००७ सालमा अक्षय तृतियाको दिन काठमाडाैंको जितपुर फेदीमा उनको जन्म भएको हो । उनको वास्तविक जन्मदिन भने वैशाख ७ गते हो । तर उनले तिथिअनुसार पनि जन्मदिन मनाउने भएका हिसाबले उनको जन्मदिन आज परेको छ ।
वर्षमा दुई पटक जन्मदिन मनाउँदै आएका मदनले यो वर्ष भने जन्मदिन मनाउने छैनन् । गएको चैत्र २० गते उनकी श्रीमती यशोदाको निधन भएका कारण उनले यो वर्ष जन्मदिन नमनाउने भएका हुन् । गएको वर्ष उनले आफूले यशोदासँग विवाह गरेकै मन्दिरमा जन्मदिनको केक काटेका थिए ।
बाल्यकाल
बुवा रामकृष्णलाल श्रेष्ठ र आमा लक्ष्मीदेवी श्रेष्ठका छोरा मदनले जन्मेको ६ महिनामै आमालाई गुमाए । मदनका बुवा गाउँका प्रधानपञ्च थिए । जन्मेको ६ महिनामै आमा गुमाएका मदनकृष्ण फूपु र बुवाको काखमा हुर्केका हुन् ।
आफ्नो बाल्यकाल सम्झँदै उनी भन्छन्, ‘बाल्यकालमा म अलि अल्लारे, चकचके थिएँ । के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुराको जानकारी थिएन । मनमा लागेको कुरा फ्याट्ट गरिन्थ्यो । आफ्नो कारणले कोही हाँस्यो भने एकदमै खुशी लाग्थ्यो । त्यो समयमा कलाकारितामा लाग्छु भनेर खासै लागेको थिएन । तर आफ्नो कारणले कोही रमाएको देख्दा खुशी लाग्थ्यो ।’
मदनकृष्ण आफ्नो बाल्यकाल सम्झँदै भन्छन्, ‘पहिलेदेखि नै कार्यक्रमहरुमा भाग लिने गर्थेँ । स्टेजमा गएर बोल्नेबित्तिकै मानिसहरु हाँस्न थाल्थे । मैलै त क्यारिकेचर गर्नै पर्दैनथ्यो । अहिलेसम्म पनि हँसाउन जानेको छु जस्तो त लाग्दैन मलाई तै पनि मानिसहरु हाँस्छन् ।’
बाल्यकालमा उनका संगीतमा रुचि थियो । उनले विक्रम सम्वत २०२२ सालमा पहिलो पटक रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए ।
कलाकारिताको सुरुवात
आफ्नो कलाकारिताको सुरुवात सम्झदै उनले भने, ‘सानैदेखि कलाकार हुने लक्षण त ममा थियो ।
तर मलाई कलाकारितामा आउँछु जस्तो भने लागेको थिएन । कलाकारिताको सुरुवातमा मैले संगीत सिकेको थिएँ । तर कलाकार हुने भनेर अन्य कक्षाहरु भने लिइनँ । रहरले संगीत सिक्न थालेको तर त्यसलाई लामो समय निरन्तरता दिनभने सकिनँ । एउटा राग सिकेर त्यसलाई निरन्तरता दिन सकिनँ ।
त्यसबखत हजुरबुवा बित्नु भयो अनि यत्तिकै भयो । अरु कलाकारिता भने दिन बित्दै जाँदा सिकियो । पहिले–पहिले त सित्तैमा दर्शक हँसाउन काम धेरै वर्ष गरियो । तर पछि हरिवंशसँग सहकार्य गरेको केही समयपछि पारिश्रमिक सहितहामीले कामगर्न थाल्यौँ । २०३८ सालमा मैले अरुलाई हँसाएर पारिश्रमिक पाएको थिएँ । यसमा म एक्लै थिइना हरि पनि थियो ।
त्यसपछिका दिनहरुमा भने हामी दुईको सहकार्य राम्रो हुँदै गयो आर्थिक रुपमा पनि हामी बलियो हुनथाल्यौँ । हाम्रो पहिलो कमाई ५०० रुपैयाँ थियो । यसलाई हामीले आधाआधा बाँडेर लियौँ । यस हिसाबले कलाकारितामा लागेपछि मेरो पहिलो कमाई साढे दुई सय रुपैयाँ हो ।’
हाँस्यव्यग्यका जन्मदाता
मदनकृष्ण श्रेष्ठ नेपाली हाँस्यव्यङग्य क्षेत्रका त्यस्ताकलाकार हुन् जसले नेपालमा हाँस्यव्यङग्यको विकास गर्न र यसलाई सहज बनाउन ठूलो योगदान पुर्याएको छ । मदनकृष्णलाई नेपाली हाँस्यव्यङग्यका पिता पनि भनिन्छ ।
नेपालमा राजनीतिक व्यङग्य गर्न निकै कठिन भएको समयमा मदनकृष्णले हरिवंश आचार्यसँग मिलेर हाँस्यव्यङग्यको सुरुवात गरेका थिए । उनीहरुले निरन्तर गरेको मेहनतको फलले नै अहिले नेपाली हाँस्यव्यङग्य यति फस्टाएको हो भनिन्छ ।
मदनकृष्ण र हरिवंशले राजाको शासनकालमा सरकारको डरैडरैमा पनि कमेडी गर्न थालेका थिए । उनीहरुले पहिले अफिसको हाकिम त्यसपछि कार्यालयको सचिवमाथि व्यङग्य प्रहार गर्न थाले । पछिपछि उनीहरुको व्यङग्य राजदरबारका सचिवसम्म पुग्न थालेको थियो । पछि भने उनीहरु राज्यको व्यवस्थालाई नै भन्न सक्ने भएका थिए ।
–उज्यालाे र गफगाफ डट कमकाे सहकार्य
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...