‘लिलिबिली’ पाइरेसीको मारमा, आयो फेसबुकमा
- Posted: Wednesday, Apr 18, 2018 18:10 PM ( 4 years ago )
काठमाडौं, वैशाख ५ – मिलन चाम्सको निर्देशन रहेको सिनेमा ‘लिलिबिली’ पाइरेसीको मारमा परेको छ ।
सिनेमा हलबाट मोबाइलमा खिचेर सामाजिक सञ्जाल फेसबुकमा सिनेमा अपलोड गरिएको निर्देशक चाम्सले जानकारी दिएका छन् । सुरुमा ५ र १० मिनेटका छोटा–छोटा सिनेमाका अंशहरु अपलोड गरिएको भएता पनि पछि पूरै सिनेमा अपलोड गरिएको थियो ।
सिनेमा सामाजिक सञ्जालमा आएपछि तत्काल त्यो भिडियो हटाइएको भएता पनि पाइरेसी गर्ने विरुद्ध कडा कानुनी कारवाही गरिने निर्देशक चाम्सले बताएका छन् । अहिले भिडियो अपलोड गर्ने इमेल एकाउन्ट पत्ता लगाए पनि व्यक्तिको नाम भने खुलाइएको छैन । फेसबुकमा भिडियो नेपालबाटै हालिएको निर्देशकले बताएका छन् ।
चैत्र ३० गते देखि प्रदर्शनमा आएको यस सिनेमामा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, सविन श्रेष्ठ, अनुपविक्रम शाहीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो सिनेमाको अधिकांश छायाकंन स्कटल्याण्डमा गरिएको हो । सिनेमाले सुरुवात देखि नै सुखद कारोवार गरिरहेको छ ।
–उज्यालाे र गफगाफ डट कमकाे सहकार्य
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...