Total Hits: 0

प्रियंकालाई सलमानले जिस्काउँदै भने, ‘हाम्रो फिल्म हिन्दी हो’

  • Posted: Wednesday, Apr 18, 2018 17:26 PM ( 4 years ago )

वैशाख ५ – अमेरिकाबाट भारत फर्किरहेकी प्रियंकालाई सलमानले जिस्किाउँदै भने ‘हाम्रो फिल्म हिन्दी हो ।’

सलमान खान र प्रियंका चोपडा लामो समयपछि फेरि एक साथ पर्दामा देखिने भएका छन् । निर्देशक अली अब्बास जफरले फिल्म ‘भारत’ मा करिब १० वर्षपछि यो जोडीलाई फेरिसँगै ल्याउने काम गरेका छन् । लामो समयदेखि हलिउडमा व्यस्त रहेकी प्रियंका पुनः बलिउडमा वापसी गर्दै छिन ।

सलमानले आफूसँगै काम गर्नका लागि भारत फर्किरहेकी प्रियंकालाई स्वागत गर्दै रमाइलो तरिकाले स्माइलीका साथ ट्वीट गरेरेका छन ‘घर फर्कीरहेकोमा स्वागत छ प्रियंका, छिट्टै भेट्नेछु , खासमा हाम्रो फिल्म हिन्दी हो ।’

सन् २०१६ मा फिल्म ‘गंगाजल’ मा अन्तिम पटक देखिएकी प्रियंका २ वर्षपछि बलिउडमा फर्कदैछिन । बलिउका सुल्तान सुपरस्टार सलमानका साथ उनको बलिउड कमब्याकलाई निकै नै शानदार रुपमा हेरिएको छ ।  

निर्देशक अली अब्बास जफरले प्रियंकालाई फिल्म ‘भारत’ को आत्माका रुपमा प्रस्तुत गरिने बताएका छन् । जफरले फिल्ममा सलमानको भूमिका जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण भूमिका प्रियंकाको पनि रहेको बताएका छन् । फिल्म ‘भारत’ सन् २००४ मा प्रदर्शनमा आएको कोरियन फिल्म ‘ओड टू माइ फादर’को हिन्दी रिमेक हो । 

सलमान र प्रियंकाले फिल्म ‘मुझसे सादी करोगी’, ‘सलाम–ए–इश्क’, ‘गड तुस्सी ग्रेट’ मा एक साथ काम गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook