२१ वर्षपछि माधुरी–संजयको जोडी पर्दामा
- Posted: Wednesday, Apr 18, 2018 12:25 PM ( 4 years ago )
वैशाख ५ – बलिउड अभिनेता वरुण धवन र अभिनेत्री आलिया भट्ट एक पटक फेरि जोडीको रुपमा देखिने भएका छन । यि दुवै फेरि पनि करण जोहरको नयाँ चलचित्रमा सँगै देखिने भएका हुन् । यस चलचित्रमा अभिनेत्री माधुरी दिक्षितको पनि महत्वपूर्ण भूमिका हुनेछ ।
१५ वर्ष अघि नै निर्देशक तथा निर्माता करण जोहर र उनका पिता यश जोहरले यस चलचित्रको निर्माण गर्ने निर्णय गरिसकेको थिए । तर त्यो समयमा चलचित्र निर्माण हुन नसके पनि १५ वर्ष पछि आएर करण जोहरले यो चलचित्र बनाउने घोषणा गरेका छन् ।
अभिनेत्री आलिया भट्टले उनको ट्वीटरमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेकी छिन् । आलिया र वरुणको यस चलचित्रको नाम ‘कलंक’ रहेको छ । आलिया, वरुण र माधुरीका साथै यस चलचित्रका अभिनेता संजय दत्त, आदित्य रोय कपूर र सोनाक्षी सिन्हाको पनि महत्वपूर्ण भूमिका रहनेछ ।
चलचित्र ‘कलंक’ ७० र ८० को दशकको समयमा आधारित रहेको छ । यो चलचित्र २०१९ को अप्रिल १९ मा प्रदर्शन हुनेछ । चलचित्रको निर्देशन अभिषेक वर्मनले गर्नेछन् । अभिषेकले यस अघि आलिया र अर्जुन कपूर अभिनित ‘२ स्टेट्स’को निर्देशन गरेका थिए ।
यस अघि चलचित्र ‘स्टुडेन्ट अफ द इयर’ ‘हम्टी शर्माकी दुल्हनिया’ ‘बद्रीनाथकी दुल्हनिया’ मा सँगै काम गरिसकेका आलिया र वरुण चौथो पटक एकसाथ काम गरिरहेका छन् ।
यस्तै, अभिनेत्री माधुरी दिक्षित र संजय दत्त लामो समयको अन्तराल पछि एक साथ पर्दामा देखिदैछन । माधुरी र संजयले धेरै वर्ष अघि चलचित्र ‘सज्जन’, ‘खलनायक’ र ‘थानेदार’ मा एक साथ काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...