Total Hits: 0

​मैले संसदमा १५ मिनेट बोलेँ भने प्रधानमन्त्री मोदी उठ्नै सक्दैनन् : राहुल गान्धी

  • Posted: Tuesday, Apr 17, 2018 17:02 PM ( 3 years ago )

वैशाख ४ – भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति खनिएका छन् ।

कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी संसदमा उभिनबाट डराउने बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिँदै यदि उनलाई संसदमा १५ मिनेटमा बोल्न दिए प्रधानमन्त्री उठ्नै नसक्ने बताएका छन् ।

गान्धीले राफेल तथा नीरव मोदीले पञ्जाब नेसनल बैंकको ३० हजार करोड भारतीय रुपैयाँ लिएर भागेको विषयमा प्रधानमन्त्री मोदीले एक शब्द पनि नबोल्नु अनौठो भएको बताएका छन् ।

PM parliament main khade hone se darte hain. Hume 15 mins ka bhashan mil jaye Parliament house main PM khade nahi ho payenge, chahe wo Rafael ka mamala ho ya, chahe wo Nirav Modi ka mamla ho, PM khade nahi ho payenge: Rahul Gandhi pic.twitter.com/eJKhAMNFqW

— ANI (@ANI) April 17, 2018

गान्धीले भने, ‘हाम्रो खल्तीबाट ५ सय र एक हजारका नोट निकालेर प्रधानमन्त्रीले नीरव मोदीको खल्तीमा राखिदिए ।’ गान्धीले अहिले भारतका कैयौं शहरमा देखिएको नगदको अभावले भारतकै बैंकिङ प्रणालीमा असर पुग्ने बताए ।

भारतमा अहिले नोटबन्दीका बेलामा जस्तै नगदको अभाव रहेको छ । कैयौं शहरमा एटीएममा पैसा छैन । कतिपय एटीएमबाट पैसा ननिकाले पनि खातावालाको मोबाइलमा पैसा झिकेको सन्देश गैरहेको छ । त्यति मात्रै होइन, इमेलबाट पनि पैसा निकालिएको सन्देश खातावालालाई गइरहेको छ । 

भारतीय अर्थमन्त्री अरुण जेटलीले केही क्षेत्रमा अचानक नगदको माग बढेकाले समस्या देखिएको र दुई–तीन दिनमै समस्या समाधान हुने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook