सलमानलाई विदेश यात्राको स्वीकृति : नेपाल पनि आउने
- Posted: Tuesday, Apr 17, 2018 16:02 PM ( 4 years ago )
वैशाख ४ – कृष्णसारको शिकारको आरोपमा बलिउड अभिनेता सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो ।
त्यसै कारवाही अन्तर्गत सलमानले २ दिन जेलमै बिताएका थिए । दुई दिनको जेल बसाईपछि सलमान जमानतमा जेलबाट रिहा भएका थिए । जेलबाट बाहिर आएलगत्तै मुम्बई फर्किएका सलमान अहिले आफ्नो नियमित काममै व्यस्त भएका छन् ।
कालो हरिणको मुद्दा चलिरहेकाले सलमानले कुनै कार्यक्रममा विदेश जान समेत अदालतको स्वीकृति लिनुपर्ने हुन्छ । सलमानले चार देशको यात्राको लागि अनुरोध गरेको निवेदनलाई जोधपुरको जिल्ला र सेसन अदालतले स्वीकृत गरिदिएको छ । अब सलमान क्यानडा, नेपाल र अमेरिकामा मे २५ देखि जुलाई १० सम्मको समयमा यात्रा गर्न सक्नेछन ।
सलमान अहिले केवल जमानतमा जेलबाट छुटेका हुन् । तर उनलाई लागेको आरोपबाट भने अझै निर्दोष सावित भएका छैनन् । सलमानले भारत बाहेकका देशहरुमा यात्रा गर्नका लागि अदालतको स्वीकृति लिनुपर्नेछ ।
जेलबाट बाहिर आए लगत्तै सलमान फिल्म ‘रेस ३’ को बाँकी रहेको काम सकेर फिल्म ‘भारत’को छाँयाकंनमा व्यस्त भएका छन । यस्तै, सलमान फिल्म ‘किक २’ र ‘दवंग ३’ को छाँयाकंनमा व्यस्त हुनेछन । यी चारैवटा फिल्मको अधिकांश दृश्य विदेशमा छाँयाकंन हुने भएका कारण सलमानले अदालतको स्वीकृतिका लागि निवेदन पेश गरेका छन । त्यसको सुनुवाई मे ७ मा हुनेछ । जुन समयमा सलमान स्वंयमले अदालतमा हाजिर हुनु पर्नेछ ।
अहिले सलमान खान फिल्म ‘भारत’को छायाकंनमा काम गरिरहेका छन । अलि अब्बास जफरको निर्देशनका बनिरहेको फिल्म ‘भारत’मा सलमानको साथमा अभिनेत्री प्रियंका चोपडा बलिउडमा कमब्याक गर्दैछिन् । अहिले हलिउडमा व्यस्त रहेकी प्रियंका र सलमान भण्डै १० वर्षपछि एकसाथ काम गरिरहेका छन् ।
सलमान आउँदो जेठ २ गते नेपाल आउनसक्ने बताइएको छ । तर, आधिकारीक जानकारी भने आएको छैन् । गएको मार्च १० मा टुँडिखेलको ‘दबंग टुर’ कार्यक्रमलाई सम्बोधन गर्ने गरी सलमान खान नेपाल आउने जाकारी दिइएको थियो ।
तर, पछि नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले समानको कार्यक्रम नेपालमा हुन नदिने भन्दै विरोध जनाएपछि उनको नेपाल भ्रमण रद्द भएको थियो ।सरकारकले सुरक्षाको ग्यारेन्टी नगरेकै कारण गएको मार्चमा सलमानको भ्रमण रद्दमा भएको भन्दै आलोचना समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...