सलमान खानले सुरु गरे ‘भारत’ को सुटिङ, दश वर्षपछि प्रियंका चोपडासँगै फिल्ममा
- Posted: Tuesday, Apr 17, 2018 14:32 PM ( 4 years ago )
वैशाख ४ – बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘भारत’ को सुटिङ सुरु भएको छ । साथै उनीसँग चलचित्रको पर्दामा देखिने नायिकाको नाम पनि सार्वजनिक भएको छ ।
झण्डै दुई वर्ष बलिउडबाट टाडा रहेकी नायिका प्रियंका चोपडा ‘भारत’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । अमेरिकन टीभी सिरिज ‘क्वान्टिको’ का लागि न्यूयोर्कमा बरिरहेकी ३५ वर्षीया बलिउड नायिका प्रिंयका निर्देशक अली अब्बासद्वारा निर्देशित चलचित्रमा सलमान खानसँगै देखिन लागेकी हुन् ।
सलमान र प्रियंकाले ‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरेका छन् । उनीहरु झण्डै १० वर्षपछि ठूलो पर्दामा सँगै देखिन थालेका हुन् ।
चलचित्र ‘भारत’ को प्रमुख नायिकाका बारेमा विभिन्न अड्कलबाजी हुँदै आए पनि अन्तिममा प्रियंकालाई साइन गराइएको छ । यसअघि कट्रिना कैफको नाम पनि चर्चामा रहेको थियो । प्रियंका सन् २०१६ मा ‘जय गंगाजल’ मा देखिइएकी थिइन् । उनी सलमान खानसँगको कामलाई लिएर निकै उत्साहित छिन् ।
प्रियंकाले सलमान र निर्देशक अलीसँग काम गर्न पाउँदा आफू निकै खुशी भएको बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...