Total Hits: 0

​सिरियामा रुसी विदेश मन्त्रीले दिए ग्यारेन्टी

  • Posted: Tuesday, Apr 17, 2018 08:25 AM ( 4 years ago )

वैशाख ४ – बीबीसीको कार्यक्रम ‘हार्ड टक’मा कुरा गर्दै रुसी विदेश मन्त्री सर्गेई लावरोवले भनेका छन् ‘म ग्यारेन्टी दिन सक्छु कि रुसले त्यो ठाउँमा कुनै छेडाखानी गरेको छैन ।’ 

ब्रिटेन र अमेरिकाले डुमामा भएको रासायनिक हमलाको प्रमाण लुकाउन रुसले सिरियाली सरकारलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता डुमा कस्बेसम्म पुग्न सकेका छैनन् । जसमा रुसले भनेको छ । सिरियामा रासायनिक हमला भएको ठाउँको निरीक्षण बुधबार हुन सक्नेछ । 

अमेरिकाले रासायनिक हतियारको निगरानी गर्ने अन्तर्राष्ट्रिय समूहलाई रासायनिक हमला भएको ठाउँमा हमलाको प्रमाणसँग रुसले हेराफेरी गर्नसक्ने भन्दै सचेत गराएको थियो ।

अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल वेपन्स (ओपीसीडब्लु) नामक संस्थाले विश्वभरी रासायनिक हतियारको नष्ट गर्ने र त्यसको रोकथामका लागि काम गर्दै आएको छ । ओपीसीडब्लुका अनुसार उसका नौ सदस्यीय जाँच दललाई सिरिया र रुसका अधिकारीहरुले त्यहाँ अझै सुरक्षित नभएको भन्दै जान दिएको छैन । 

डुमामा ७ अप्रिलमा रासायनिक हमला भएको थियो । त्यतिबेला त्यहाँ विद्रोहीको नियन्त्रण थियो । अहिले सिरियाली सरकार र रुसी सेनाको नियन्त्रणमा छ ।  

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook