Total Hits: 0

वरुण धवनलाई भेट्न घरबाट भागिन् एक युवती

  • Posted: Monday, Apr 16, 2018 18:31 PM ( 4 years ago )

वैशाख ३ – बलिउड अभिनेता वरुण धवन अभिनित फिल्म ‘अक्टाेबर’ प्रदर्शन भैरहेको छ । 

यस फिल्मबाट वरुणले दर्शकको प्रशंसा त बटुलिरहेका छन्, त्यसका साथै समीक्षकको सकारात्मक प्रतिक्रियासमेत पाइरहेका छन् । 

फिल्ममा देखेका भरमै नायक नायिकाको नक्कल गर्ने त धेरै नै हुन्छन् । अझ आफूलाई मन परेका कलाकारलाई भेट्न जस्तोसुकै हर्कत गर्न तयार हुन्छन् मानिसहरु । वरुण धवनलाई भेट्न चाहने एक युवतीले त्यस्तै व्यवहार देखाएकी छिन् । 

वरुणका लागि भनेर हालै एक युवती उनकोे घर अगाडि २ दिनसम्म बसिन् । वरुणलाई नभेटी घर नजाने जिद्दी गरेर बसेकी ती युवती तबसम्म बसिन् जबसम्म वरुण स्वयम उनलाई भेट्न आएनन् । गुजरातको सुरतमा घर भएकी ती युवती वरुणलाई भेट्न भनेर घरबाट भागेर मुम्बई आएकी थिइन् । 

वरुण घरमा नभएको कुरा बारम्बार सुरक्षा गार्डले भने पनि ती युवती दुईदिनसम्म वरुणकै घर अगाडि बसेकी थिइन् । जब ती सुरक्षा गार्डले आफू वरुणलाई भेट्न आएको कुरा वरुणको घरसम्म खबर पुर्‍याएको थाहा पाएपछि ती युवती उनको घर अगाडि चिच्याउन र कराउन सुरु गरेकी थिइन । 

प्रहरी आएपछि मात्रै थाहा भयो कि ती युवती घरबाट भागेर वरुणलाई भेट्न भनेर सुरतदेखि मुम्बई आएकी थिइन् । ती युवतीका परिवारले उनी हराएको रिपोर्ट प्रहरी कार्यालयमा लेखाएका थिए । प्रहरीले समेत उनलाई त्यहाँबाट घर फर्काउन प्रयास गरे पनि ती युवती वरुणलाई नभेटी त्यहाबाट जान मानिनन् ।  

फिल्म ‘अक्टोबर’ मा गरेको अभिनयबाट वरुणले दर्शकको प्रसंशा बटुले पनि फिल्मले बक्स अफिसमा भने सामान्य व्यापार गरिरहेको छ । हाल वरुण अभिनेत्री अनुष्का शर्माका साथ फिल्म ‘सुई धागा’ को छायाँकंनमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook