रसुवागढी नाकामा सीसीटीभी जडान
- Posted: Monday, Apr 16, 2018 11:04 AM ( 3 years ago )
रसुवा, वैशाख ३ – नाकामा हुन अवैध क्रियाकलाप रोक्नका लागि १२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा व्यापारिक कारोबारमा बृद्धि हुँदै जाँदा अवैध क्रियाकलाप बढ्ने सम्भाावना बढेपछि सीसीटीभी जोडिएको हो ।
रसुवागढी भन्सार कार्यालयका अनुुुसार रसुवागढी नाकादेखि टिमुरेस्थित भन्सार कार्यालयसम्म सीसीटीभी जडान गरिएको छ । नाकामा हुनसक्ने अवैध क्रियाकलाप रोक्नका लागि सीसीटीभी जडान गरिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले जानकारी दिनुभयो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारमा सीसीटीभी जोडिएको छ ।
प्रहरी कार्यालयमा पाँचवटा र कारागारमा तीनवटा गरी आठवटा सीसीटीभी जोडिएको प्रहरी नायव उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । सीसीटीभी जडान गरेपछि कार्यालयमा नै बसेर निगरानी गर्न सहज भएको उहाँले बताउनुभयोे ।
भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका औपचारिक रुपमा सञ्चालनमा आएको थियो । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नाकाबाट पछिल्लो समय आयात तथा निर्यात बढ्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...