Total Hits: 0

​सिरियामा गरिएको मिसाइल आक्रमण टार्गेटमा लाग्यो–पेन्टागन

  • Posted: Sunday, Apr 15, 2018 18:18 PM ( 4 years ago )

वैशाख २ – अमेरिकाको रक्षा विभागले शनिबार सिरियामा गरिएको मिसाइल आक्रमण टार्गेटमै लागेको जनाएको छ ।

विभागले सिरियाका राष्ट्रपति बसर अल असदले रासायनिक हतियारको उत्पादन गरेकै ठाउँमा मिसाइल आक्रमण भएको वासिङ्टन पोष्टले उल्लेख गरेको छ । विभागले असदले अझै पनि सिरियामा रासायनिक हतियारको आक्रमण गर्नसक्ने जनाएको छ ।

शनिबार अमेरिका–बेलायत–फ्रान्सले सिरियामा सयभन्दा बढी मिसाइल आक्रमण गरेका थिए । अमेरिकाले सिरियाको तीन रासायनिक हतियार भण्डारण र अनुसन्धान केन्द्रलाई लक्षित गरेर आक्रमण भएको जनाएको छ । र, ती आक्रमण सफल भएको पेन्टागनले जनाएको छ । ट्रम्पले शनिबार गरिएको मिसाइल आक्रमण सफल भएको ट्वीट गरेका छन् ।

गएको हप्ता सिरियामा रासायनिक आक्रमण भएको र रासायनिक आक्रमणको तयारी अझै भैरहेको आशंकामा मिसाइल आक्रमण गरिएको अमेरिका–फ्रान्स र बेलायतले उल्लेख गरेका छन् । उनीहरुले आक्रमण आवश्यक रहेको दावी गरेका छन् । तर चीन–रुस जस्ता देशहरुले मिसाइल आक्रमणको निन्दा गरेका छन् ।

रुसले शनिबार नै संयुक्त राष्ट्रसंको आपतकालिन बैठक बोलाएका थिए । संयुक्र राष्ट्रसंघमा रुसले अमेरिका–बेलायत–फ्रान्सले संयुक्त रुपमा गरेको मिसाइल आक्रमण अन्तर्राष्ट्रिय कानुन विपरित भएको प्रस्ताव पेश गरेका थियो । तर रुसको त्यो प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले त्यसलाई अस्वीकार गरिदिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाले रासायनिक आक्रमण फेरि ब्यूत्याए त्यसको पूर्ण प्रतिकार गर्न अमेरिका तयारी अवस्थामा रहेको बताएका छन् । तर रुसले भने अमेरिका–बेलायत र फ्रान्सको त्यो कदमको जवाफ दिने प्रतिक्रिया जनाएको थियो । 

अमेरिकाले रुस र इरानले बसर अल असदलाई सत्तामा रहन धेरै लगानी भित्राइरहेकाले सिरियाको आन्दोलन चर्किरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook