Total Hits: 0

​अमेरिकी नेतृत्वको मिसाइल आक्रमणपछि के गर्दैछन् सिरियाली राष्ट्रपति ?

  • Posted: Saturday, Apr 14, 2018 17:36 PM ( 4 years ago )

वैशाख १ – अमेरिका, फ्रान्स तथा ब्रिटेलले शनिबार सिरियाका कैयौँ टाउँमा मिसाइल आक्रमण गरेको छ । 

अमेरिका र उसका सहयोगी देशहरुले यी ठाउँमा रासायनिक हतियार भएको दावी गर्दै आएका छन् । पछिल्लो पटक सिरियामा रासायनिक हतियारको प्रयोग गर्दै हिंसा भएको पश्चिमा राष्ट्रहरुले आरोप लगाउँदै आएका छन् । 

सिरियाको आधिकारिक समाचार एजेन्सी सनाका अनुसार मिसाइल आक्रमणमा ३ जना सर्वसाधारण घाइते भएका छन् । साथै राजधानी दमास्कसमा रहेको एउटा रिसर्च इन्स्टिच्यूटमा पनि क्षति पुगेको छ ।

आक्रमणपछि सिरियाको अवस्था कस्तो छ ?

सिरियाको राजधानी दमास्कसमा आम सर्वसाधारण अमेरिकाप्रति आक्रोशित बनेका छन् । उनीहरु राजधानीका सडकहरुमा हातमा सिरियाली झण्डा र बन्दुक लिएर प्रदर्शन गरिरहेका छन् ।

प्रदशर्नमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । प्रदर्शनमा उत्रिनेहरुले राष्ट्रपति बशर अल असदको तस्बिर हातमा बोकेका छन् । 

त्यस्तै सिरियाली राष्ट्रपतिको ट्विटर ह्याण्डलबाट सार्वजनिक गरिएको एउटा भिडियोमा राष्ट्रपति असद आफ्नो कार्यालय गइरहेको दृश्य देखाइएको छ । भिडियोमाफर्त पश्चिमा देशको आक्रमणबाट सिरियामा खासै असर नपरेको देखाउन खोजिएको छ । 

रुसको रक्षा मन्त्रालयले जनाए अनुसार सिरियाली सेनाले दशकौँ पुरानो हतियारको सहयोगले अमेरिकाको नेतृत्वमा भएको मिसाइल आक्रमणलाई सामना गरेको छ । 

रुसी समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘सिरियन एयर डिफेन्स सिस्टम एस–१२५, एस–१२०, बक तथा क्वार्दतको प्रयोग गरेर मिसाइल आक्रमण रोकिएको छ । यी सैन्य उपकरणहरु ३० वर्ष पहिले रुसले बनाएको हो ।’ साथै रुसको एयर–डिफेन्स सिस्टमको प्रयोग नगरिएको पनि सिरियाले स्पष्ट गरेको छ ।

के सिरियालाई पहिले नै थाहा थियो ?

सिरियाली सरकारले विभिन्न सैन्य अखडाहरु पहिले नै खाली गरेको थियो ।

एक सिरियाली अधिकारीलाई रोयटर्सलाई आफूहरुलाई आक्रमणको बारेमा पहिले जानकारी भएको बताउँदै भने, ‘हामीलाई रुसले पहिले नै आक्रमणको बारेमा सूचना दिएको थियो । त्यसैले केही दिन पहिले सबै सैन्य अखडाहरु खाली गरेका थियौँ ।’

रुस के भन्छ ?

रुसी रक्षा मन्त्रालयले अमेरिकी नेतृत्वमा भएको आक्रमणमा रुसी नेभल तथा एयरबेसलाई निशाना नबनाइएको जनाएको छ । साथै अमेरिकाका लागि रुसी राजदूतले आफ्नो सहयोगी देशमाथि भएको आक्रमणको नतिजा भोग्नुपर्ने पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook