धुलो र प्रदुषणको बेला आँखालाई कसरी जोगाउने ?
- Posted: Friday, Apr 13, 2018 15:37 PM ( 3 years ago )
-डा.अरुण ढुङ्गाना
काठमाडौंमा अहिले धुवाँ धुलोसँगै तापक्रम पनि बढिरहेको छ । धुवाँ धुलो तथा उच्च तापक्रमले आँखालाई झन् बढी असर पुर्याउने । धुलोले आँखामा मासु पलाउने, इन्फेक्सन गराउने हुन्छ । सूर्यको हानिकारक किरण र धुलोले आँखाको ढकनीको छेउमा बसेर आँसु निकाल्ने ग्रन्थीको काम प्रभावित पारेको हुन सक्छ । धुलोका कारण आँखामा मासु पलाउने समस्या पनि देखा पर्छ । यो समस्या धेरै मानिसमा देखा पर्ने गरेको छ ।
धुलो र प्रदुषणले गर्दा आँखाको एलर्जी अहिले धेरैको समस्या भएको छ । हरेक दिन आँखालाई तीन–चारपटक धुने गर्नुपर्छ । हिजो आज धेरै इलेक्ट्रोनिक डिभाइसको प्रयोग बढेको छ । सकेसम्म यस्ता खालका साधनहरुको कम प्रयोग गर्ने गर्नुपर्छ । लगातार लामो समयसम्म ल्यापटप, कम्प्युटरमा बस्नै पर्याे भने बेलाबेलामा बाहिर हेर्ने, हरियो वस्तुमा हेर्न गर्नुपर्छ । आँखालाई आराम पनि दिनु पर्छ साथै एक्सरसाइज पनि गर्नुपर्छ । जसले गर्दा आँखाको सुख्खापन कम हुन्छ । हरियो सागपात धेरै मात्रामा खाइयो भने पनि केही हदसम्म राहत मिल्छ ।
धुलो आँखामा टाँसिदा आँखा चिलाउने, आँखा पोल्ने, रातो हुने कचेरा निस्कने समस्या हुन्छ । धुलोबाट आँखालाई बचाउन चस्मा लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा चस्मा अनिवार्य रुपमा लगाउनुपर्छ । सनग्लास लगाउँदा पनि आँखालाई बचाउन सकिन्छ ।
सनग्लास लगाउँदा सस्तो भन्दा पनि गुणस्तरीय तथा सूर्यका हानिकारक किरण रोक्ने खालको लगाउनु पर्छ र पूर्ण रुपमा आँखा छोप्ने चस्मा लगाउनुपर्छ । नियमित रुपमा दैनिक बिहान बेलुका आँखालाई सफा पानीले धुने गर्नुपर्छ । साथै आँखालाई समय समयमा जाँच गराई राख्नु पनि आवश्यक हुन्छ ।
आँखामा सुख्खापन धुलोका कारण हुने गरेको छ । आँखामा सुख्खापन भएर उपचार गराउनुभन्दा पनि यसलाई हुनै नदिनु राम्रो हुन्छ । जुन कारणले आँखामा सुख्खापन भएको हो त्यसको पहिचान गरेर आफू जोगिनु राम्रो हुन्छ । त्यस्तै सरसफाईमा पनि विशेष ध्यान दिनुपर्छ ।
(नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर अरुण ढुङ्गानासँग विना न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...