Total Hits: 0

के हो नयाँ वर्षदेखि फेसबुक बन्द हुन्छ भन्ने हल्ला ?

  • Posted: Friday, Apr 13, 2018 15:19 PM ( 5 years ago )

काठमाडौं, चैत ३० – सूचना तथा सञ्चार मन्त्रालयले नयाँ वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाइने भनी आएको हल्ला निराधार भएको प्रष्ट पारेको छ । 

मन्त्रालयको लेटरप्याड प्रयोग गरी फेसबुक लगायतका सामाजिक सञ्जालमाथि नेपालमा भोलि दिनदेखि प्रतिबन्ध लगाउने तयारी भइरहेको भनी आएको समाचार गलत भएको मन्त्रालयले प्रष्ट पारेको हो । 

मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै फेसबुक लगायतका कुनै पनि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागाउने निर्णय नभएको बताएको छ । 

यस्तो भ्रामक सूचना फैलाउने व्यक्तिविरुद्ध कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आग्रह गरिएको पनि मन्त्रालयले जनाएको छ । 
यस्तो समाचार कसैले सामाजिक सञ्जालमा पोष्ट गरेको वा सेयर गरेको भए तत्काल हटाउन मन्त्रालयले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook