Total Hits: 0

​हावाहुरीका कारण ताजमहलमा क्षति

  • Posted: Thursday, Apr 12, 2018 20:15 PM ( 4 years ago )

चैत २९ – भारतको उत्तर प्रदेश राज्यमा बर्षासहितको उच्च गतिको हावाका कारण ताजमहलमा क्षति भएको छ । 

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा चलेको हावाले ताज महलमा पनि क्षति पुर्‍याएको हाे । 
उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको थियो ।

उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि बर्षासहित तीव्र हावाहुरी आएको थियो । भारतीय अधिकारीका अनुसार आग्रामा आठ जनाको ज्यान गएको छ भने मथुरामा चार र फिरोजावादमा दुई जनाको ज्यान गएको छ ।

विनाशकारी हावाहुरीले ताजमहलमा समेत क्षति पु्र्‍याएको छ । ताजमहलको शाही पोलहरु र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । 
ताज महल भारतको ऐतिहासिक प्राचिन सम्पदा हो । यो विश्वकै सात आश्चार्य मध्येको एक सम्पदाको रुपमा चिनिन्छ । यो विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा पनि हो । 

गएको मध्यरातमा आएको हावाहुरी र पानीले गर्दा ताज महलको प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्शान भएको छ । त्यसैगरी ताज महलको अर्को पोलमा पनि क्षति पुगेको भारतीय स१चार माध्यमले जनाएका छन् ।

 

ताजमहलको भुँइतलामा रहेको पुष्पपात्र र पर्खालहरूमा पनि सामान्य क्षति भएको छ । 
–रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook