Total Hits: 0

उभिएर गीत गाउन नसकेपछि गायिकाको गोली हानी हत्या

  • Posted: Thursday, Apr 12, 2018 18:08 PM ( 4 years ago )

चैत २९ – पाकिस्तानको सिन्ध प्रान्तमा एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको छ ।

समीना  समून नामकी गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा गएकी थिइन । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर गीत गाउन भनेका थिए । उनले उभिएर गीत गाउन नसक्दा कार्यक्रममा उपस्थित एक व्यक्तिले उनीमाथि गोली चलाएका थिए । 

प्रहरीका अनुसार तारिक जटोई नाम गरेका एक व्यक्तिले बारम्बार गायिकालाई उभिएर गीत गाउन र नाच्न जिद्दी गरिरहेका थिए । तर गायिकाले ती व्यक्तिको कुरा नमानेपछि उनीमाथि गोली चलाइएको थियो । घटनास्थलमै गायिका र उनको गर्भमा रहेको बच्चाको ज्यान गएको छ । 

घटना घटेलगत्तै घटनाका आरोपीलाई गिरफ्तार गरिसकिएको छ । यस घटनाको पाकिस्तानमा चौतर्फी विरोध भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook