पहिलो पटक मोबाइल बोक्दा : कसैको रुवाबासी, कसैलाई वाकवाक
- Posted: Thursday, Apr 12, 2018 17:40 PM ( 4 years ago )
काठमाडौं, चैत २९ – जतिसुकै टाढा भएको मानिसलाई पनि नजिक गराउँछ मोबाइल फोनले ।
यसको प्रयोगबाट हामी टाढा भएका आफन्तहरु पनि नजिक भएको महसुस गर्न सक्छौँ । पछिल्लो समय फोनसँगै इन्टरनेटको प्रयोगको लागि सबैको हात हातमा ब्राण्डेड मोबाइलहरु हुन्छन् ।
हामी कुन मोडल नयाँ छ र कुन राम्रो छ भन्दै मोबाइलहरु परिवर्तन गरिहन्छौँ । तर पछि आएर जतिसुकै मोबाइल परिवर्तन गरे पनि पहिलो पटक बोकेको मोबाइल भने हामी कहिल्यै पनि बिर्सन सक्दैनौँ । त्यो अनुभव जीवनमा विशेष बनेर रहेको हुन्छ । यस्तै आज हामीले केही कलाकारहरुलाई पहिलो पटक मोबाइल बोक्दाको अनुभव कस्तो रह्यो ? भनेर सोधेका छौँ ।
सरोज खनाल
मैले मोबाइल बोक्न सुरु गरेको त धेरै नै भयो । किनभने नेपालमा मोबाइल आउनुभन्दा पहिले म अमेरिका पुगेको थिएँ । त्यतिबेला अमेरिकामा मोबाइल आइसकेको थियो । त्यसकारण धेरै वर्ष भयो मैले मोबाइल लिन थालेको । अनि मैले अहिलेसम्म चलाएका मोबाइलहरु पनि धेरैनै भयो होलान् मैले गनेको छैन । म प्रायः नयाँ ब्राण्डको आउने बित्तिकै लिने गर्छु ।
सायद कुनै पनि ब्राण्ड छैन होला मैले प्रयोग नगरेको । पहिलो पटक मोबाइल बोक्दाको अनुभव गज्जबकै छ । सबभन्दा ठूलो कुरा त चलाउनै जानिएन । त्यो भन्दा पहिले चलाएकै थिएन त्यसकारण कन्ट्याक नम्बर कसरी सेभ गर्ने ? भ्वाइस मेलहरु कसरी चेक गर्ने ? जस्ता समस्याहरु धेरै भयो मलाई । पछि बिस्तारै सिक्दै गएँ छोराहरुले सिकाएपछि ।
शिवहरि पौडेल (मुखाँ हान्नु जस्तो)
मोबाइल बोक्न सुरु गरेको १४ वर्ष जति भयो होला । म मोबाइल धेरै किन्दैन । फोन नै नआउने गरी बिग्रियो काम नै नदिने भयो भने मात्र किन्छु । त्यसकारण धेरै चेन्ज गरेको छैन जम्मा पाँच वटा जति चेन्ज गरे होला यो १४ वर्षको अवधिमा ।
तर पहिलो पटक मोबाईल लिँदा त साह्रै खुसी भइयो नि । सबैले फोन गरी रहेहुन्थ्यो जस्तो लाग्थ्यो । फोन आइहाल्यो भने त्यसै दङ्ग परेर हाँस्थे म त । अनि फोन आएको अरुलाई सुनाउन एकछिन सम्म घण्टी बज्न दिइरन्थेँ । ती दिन सम्झिदा अहिले निकै रमाइलो लाग्छ ।
किरण केसी (राता मकै)
मैले ५७ सालबाट मोबाइल लिन थालेको हो । १७ वर्ष भयो अहिले । यो १७ वर्षमा २५ वटा मोबाइल चेन्ज गरे मैले । पहिलो पटक मोबाईल पाउँदा त ओहो ! कुरा छोड्नुस् न । तार जोड्न पनि नपर्ने। जोसँग पनि कुरा गर्न मिल्ने ।
खल्तीमा बोकेर हिँड्न मिल्ने । संसार खल्तीमा बोकेर हिडेको जस्तो भएको थियो मलाई त । खुशीले वाक वाक आउला जस्तो नै भयो सुरुसुरुमा त । पहिलो पटक मोबाइल हातमा परेपछि घरको ल्यान्डलाइनमा गरेको बुढीलाई ।
सुरेन्द्र केसी (मुलाको साग)
मैले मोबाइलहरु धेरै फेरे । किनभने मेरो छोरी युकेमा बस्छ । छोरा अस्टे«लियामा बस्छ । अनि नयाँ–नयाँ ब्राण्डको मोबाइलहरु आयो कि म मगाइहाल्छु । प्रयोग गरिहाल्छु । पहिलो पटक मोबाइल लिँदाको रमाइलो अनुभव छ मसँग । मलाई यो कुरा सुनाउन पनि मन लाग्छ । सिमकार्ड लिएपछि नयाँ मोबाइल लिएर १० बजेतिर घरमा आएँ । मेरो घर चाहिँ साढे दुई तलाको छ । अनि कौशीमा धारा छ । नयाँ मोबाइल खस्ला भनेर पाइन्टको खल्तीमा नराखी ज्याकेटको माथि पट्टीको खल्तीमा राखेको थिएंँ ।
अब टाउको नुहाउन पर्यो भनेर ज्याकेट खोलेर कौशीको पर्खालमा यसो राखेको त्यो मोबाइल टपबाट खसेर तलको टपमा लागेर आंगनमा पुगेर तीन टुक्रा भयो । साह्रै चित्त दुखेको थियो त्यतिखेर । यो क्षण त्यतिबेला दुःखद थियो अहिले भने हँसाउँछ ।
विल्सन विक्रम राई (तक्मे बुढा)
मैले मोबाइल बोक्न थालेको लगभग ११ वर्ष भयो । मसँग अहिले सामसुङ्को छ । सामसुङ नै बाेिकरहेको छु । अनि मैले अहिलेसम्म एकदम धेरै वटा चेन्ज गरेको छु मोबाइल । यतिउति भन्नलाई त गनेर साध्य नै छैन ।
पहिलो पटक मोबाइल मलाई मेरो मामाले पठाइदिनु भएको थियो विदेशबाट । नोकिया थियो त्यो । त्यो मोबाइल पाउँदा म एकदमै खुसी थिए ।
प्रदीप खड्का
मैले प्लस टु पढ्ने बेला देखि मोबाइल बोक्न थालेको हो । १० वर्ष भयो होला । अहिले मसँग आईफोन सेभेन प्लस छ । अनि पहिलो चोटी मोबाइल बोक्दाको अनुभव त खतरनाक नै छ नि मेरो ।
के भएको थियो भने त्यतिबेला एकदम चलेको मोटोरोलाको फोल्डवाला सेट बाहिरबाट आएको थियो । जान्ने भएर कपडाको पाइन्ट लगाएर कलेज जाने बेला खल्तीमा हालेको थिएँ । त्यहीदिन ट्याक्सी चढेको मोबाइल ट्याक्सीमा खस्योकी कता खस्यो हरायो । त्यसपछि त रुवाबासी नै चल्यो नि (हाँसो)। फस्ट मोबाइल लिने बित्तिकै हरायो ।
शिल्पा पोखरेल
मैले एसएलसी दिएपछि प्रयोग गर्न थालेको भनेपछि त झण्डै आठ वर्ष भयो होला । मैले यो अवधिमा झण्डै ८ वटा त मोबाइल हराइसकेँ । अहिले मैलै एप्पल र सामसुङ ब्राण्डको दुईवटा मोबाइल प्रयोग गरिरहेको छु । तर पहिलो पटक मोबाइल बोक्दाको पल निकै फरक हुने रहेछ । मलाई तफोन नै नआएर हैरान । के–के न पाए जस्तो भएको थियो ।
कसैले फोन गरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो तर कसैको पनि फोन नआउने । त्यसपछि ल ममी मेरोमा कसैको पनि फोन आएन हजुरले कल गर्नु भनेर ममीलाई कल गर्न लगाएँ । अनि म बाहिर गएर फोन रिसिभ गरेको । त्यो चाहिँ कहिल्यै बिर्सदैन । निकै रमाइलो पल थियो त्यो ।
जसिता गुरुङ
ओहो ! फोन पाए भनेर कति खुशी लाएको थियो । त्यो बेला त सानै थिए म । फोन राम्रोसँग चलाउन पनि आउँदैनथ्यो । साथीहरुसँग बोल्न पाइन्छ । एसएमएस गर्न पाइन्छ भनेर कत्ति खुशी भएको थिए ।
मैले १४ वर्षको उमेरदेखि मोबाइल बोक्न थालेको हो । अहिले म आईफोन प्रयोग गरिरहेको छु । र मैले अहिलेसम्म ६ वटा मोबाइल परिवर्तन गरिसके ।
शिव परियार
मैले ५७ सालदेखि मोबाईल बोक्न थालेको हो । यो १७ वर्षको अवधिमा मोटोरोलासेटदेखि आइफोनसम्म आइपुग्दा १० वटा सेट चेन्ज गरे । पहिलो पटक मोबाइल बोक्दा गोजीमा सुको पैसा थिएन ।
एउटा साथीले दिएको मोटोरोला सेटबाट सिम हालेर चलाउन थालेको गोजीमा नअटाउने खालको सेट थियो त्यो । मोबाइलको लागि एउटा छुट्टै झोला बोकेर हिँड्नु पथ्र्यो मैले । एक खालको उत्साह थियो । किरिर्र घण्टी बज्दा आहा ! फोन आयो भन्ने हुन्थ्यो । नचिनेको मान्छेसँग पनि नम्बर मागेर सेभ गरिन्थ्यो त्यो बेला त ।
बुद्धि तामाङ (हैट)
मैले मोबाइल लिन थालेको त लगभग १३ वर्ष भयो । यो अवधिमा मैलेसात वटा जति मोबाईल चेन्ज गरेको छु । एउटा मोबाइल कम्तीमा पनि दुई वर्ष त प्रयोग गर्नु पर्यो नी (हाँसो) । अनि पहिलो पटक मोबाइल बोक्दाको त्यस्तो खतरा खालको अनुभव त छैन मसँग ।
तर पनि एक खालको खुशी त हुने थियो नै । त्यो बेलामा गाउँमा कोही–कोहीसँग मात्र मोबाइल हुन्थ्यो । अनि मेरो मोबाइलमा मलाई भन्दा अरु–अरुको लागि फोन बढी आउथ्यो । पुराउन जाँदैमा हैरान (हाँसो)।
पल्पसा ढंगोल (चम्सुरी)
लगभग १३ वर्ष जति भयो होला मोबाईल लिन थालेको । सात वटा जति चेन्ज गरे जस्तो लाग्छ मैले यो समयमा । पहिलो पटक मोबाइलकोे सेट हातमा पर्ने बित्तिकै के–के न पाएकोजस्तो भएको थियो । यति रमाइलो लाग्योकी खुशीको सिमा नै थिएन मेरो ।
सुुरुसुरुमा त फोनको घण्टी बज्दा पनि रमाइलो लागेर हाँस्थे म त । सुरुमा मोबाइल हातमा परेपछि मेलै घरको ल्याण्डलाइनमा फोन गरेको थिए ।
गोविन्द कोइराला जयन्ते
मैले ६३ सालबाट मोबाइल लिन थालेको हो । ६३ सालदेखि अहिलेसम्म मैले झण्डै १६ वटा जति मोबाइल परिवर्तन गरेँ होला । पहिलोपटक मोबाइल बोक्दाको अनुभव निकै रमाइलो छ मेरो । त्यसको त कुरा गरी साध्य नै छैन ।
त्यसबेला नोकियाको सबैभन्दा सानो सेट थियो मेरो पहिलो मोबाईलको रुपमा । फोन आउँछकी भन्दै गोजीबाट झिक्दै हेर्दे, झिक्दै हेर्दै गर्थे फोन चाहिँ कसैको पनि नआउनी । पहिलो पटक मोबाइल लिएको खुशी त धेरै नै थियो तर फोन नआएर भने वाक्कै हुन्थें ।
सागर लम्साल (बले)
मैले मोबाइल बोक्न थालेको १२ वर्षजति भयो र यो अवधिमा मैले थोरैमा पनि २० वटा जति फेरे होला मोबाइल । म चाहिँ मोबाइल र चस्माको एकदमै शोखिन छु ।
त्यस कारण एउटै मोबाइलमा धेरै समय म बिताउन सक्दिन । अहिले मैले आइफोन सिक्स एस प्लस छ बोकिराको छु ।
–उज्यालो र गफगाफ डटकमको सहकार्य
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...