एनसेलले ल्यायो यस्ताे डेटा प्याक, बोनसमा दैनिक १ घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ
- Posted: Wednesday, Apr 11, 2018 19:51 PM ( 3 years ago )
काठमाडौं, चैत्र २८ – एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘अल टाइम डेटा प्याक’लाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ ।
यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा इन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सकिने एनसेलले जनाएको छ ।
‘सही’ डेटा प्याक चैत्र २९ गते बिहीबारदेखि लागू हुनेछ । यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधा जीबीदेखि १५ जीबीसम्मको १ दिनदेखि ३० दिनसम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु ३९ देखि ७९९ रुपैयाँसम्ममा सुचारु गर्न सक्नेछन् ।
ग्राहकले १ दिन समयअवधि रहेको आधा जीबीको सही डेटा प्याक करसहित ३९ रुपैयाँमा लिन सक्छन । ग्हकले तीनदिन समयअवधि रहेको १.५ जीबी डेटा करसहित ९९ रुपैयाँ, सातदिन समयअवधि रहेको ३.५ जीबी डेटा करसहित १९९ रुपैयाँ र तीस दिन समयावधि रहेको १५ जीबी डेटा करसहित ७९९ रुपैयाँमा लिन सक्नेछन् ।
‘सही’ प्याक लिएका ग्राहकले आफूले लिएको प्याक अवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्छन् । यो योजना अन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आइफ्लिक्स, युट्यूब ,युट्यूबगो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टीभी, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्ने जनाएको छ । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् ।
‘सही’ डेटा प्याक एनसेलको टू जी, थ्री जी तथा फोर जी सबै नेटवर्कका लागि मान्य रहेको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको ‘सही’ डेटा प्याक लिएर अफरको लाभ लिन सक्छन् ।
त्यस्तै, ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुरु गर्न सक्नेछन् । उदाहरणका लागि १ दिन समयावधिको प्याक सुरु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।
मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ‘अल टाइम डेटा प्याक’ ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसँगै एक घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाले ग्राहकलाई थप मूल्यमा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
‘सही’ डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयअवधि भर ‘पे एज यू गो ’ दर अनुसार करसहितप्रति एमबी १.१३ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुरु भएको दिनदेखि ९० दिनको लागि मान्य रहनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...