सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि !
- Posted: Wednesday, Apr 11, 2018 09:41 AM ( 3 years ago )
हेमराज शर्मा/उज्यालाे ।
दाङ, चैत २८ - सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।
मंगलबार बेलुकी ७ बजेतिर मोटरसाइकलमा कपुरकोटबाट पाखापानी जाँदा बाटोमा सर्पले बाटो छेकेको र रोकेर झरेपछि सर्प मोटरसाइकलमा बसेको पाखापानीका खिमेन्द्र सेनले बताउनुभयो ।
सर्पले बाटो छेकेपछि मोटरसाइकल रोकेर आफूले अरुलाई बोलाएको सेनको भनाई छ । सेनले खबर गरेपछि रेडियो कपुरकोटका स्टेशन मेनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यहाँ पुगेका थिए । शुरुमा यस घटनालाई सामान्य रुपमा लिइएको थियो ।
त्यसपछि सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमाथि गयो र फेरि झ¥यो । त्यसपछि केही पर रोकिराखेको बजार व्यवस्थापन समितीका अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलको सिटमुनी गएर बसेको छ ।
मोटरसाइकलमा बसेको सर्प हेर्न र पूजा गर्न अहिले पनि त्यहाँ घुईंचो लागेको स्थानीय डिलबहादुर बुढाथोकीले बताउनुभयो ।
तस्बिर : शंकर केसी
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...