Total Hits: 0

‘भारतीय जासूस’ आलिया भट्ट बनिन् ‘पाकिस्तानी सेनाकी श्रीमती’

  • Posted: Tuesday, Apr 10, 2018 15:29 PM ( 4 years ago )

चैत २७ – बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता विक्की कौशलको फिल्म ‘राजी’को ट्रेलर सार्वजनिक भएको छ ।

यस फिल्ममा आलिया भट्ट कश्मीरकी छोरी, पाकिस्तानी सेनाकी श्रीमती र भारतीय जासूसको गरी फरक–फरक भूमिकामा देखिएकी छिन् ।

फिल्म ‘राजी’ को कहानी सन् १९७१ मा भारत र पाकिस्तानबीच भएको यूद्धमा आधारित फिल्म हो । यस फिल्मको कहानी हरिन्दर सिक्काको उपन्यास ‘कलिङ्ग सहमत’मा आधारित रहेको छ । यस फिल्मको कहानी वास्तविक घटनामा आधारित हो ।

फिल्ममा आलिया कश्मीरकी सोझी यूवती हुन्छिन् जसको विवाह एक पाकिस्तानी सेनाको अधिकारीसँग हुन्छ । अभिनेता विक्की कौशल पाकिस्तानी सेनाको अधिकारीको भूमिकामा रहेका छन । फिल्मको ट्रेलरको सुरुवातमा आलियालाई एक सोझी यूवतीकै रुपमा देखाइएको छ भने त्यसपछि विस्तारै उनको जीवनमा आएको परिवर्तनलाई देखाइएको छ ।

फिल्म ‘राजी’ जंगली पिक्चर्स र धर्मा प्रोडक्शनद्वारा निर्माण गरिएको हो भने मेघना गुल्जार यस फिल्मकी निर्देशक हुन । यो फिल्म २०१८ मे ११ मा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook