Total Hits: 0

​चार महिनाको छावाले इनार भित्रैबाट गुहार मागेपछि...

  • Posted: Monday, Apr 09, 2018 19:42 PM ( 4 years ago )

चैत २६ – कहिलेकाहीँ कुनै तस्बिर हेर्दै हृदयविदारक लाग्छन् । त्यस्तै तस्बिर अहिले भाइरल भएको छ । प्यास मेटाउन इनारमा पानी देखेर लम्किएको हात्तीको बच्चा(छावा) इनारभित्रै खसेपछिको तस्बिरले कसको मन नछोला र ?

श्रीलङ्काको अम्पारा प्रदेशमा हात्तीको बच्चा पानी पिउन इनारमा लम्किएको बेला इनारमा खसेको थियो । इनारमा खसेको त्यो हात्तीको बच्चाले गुहार मागेपछि स्थानीयले हात्तीको बच्चाको उद्धार गरेका थिए । 

त्यहाँका स्थानीयबासिन्दाले हात्तीको बच्चा इनारमा खसेको देखेपछि ‘अलरामको घण्टी’ थिचेर वन विभागका कर्मचारीलाई खबर गरेका थिए । हात्तीको बच्चा खसेको जानकारी पाएपछि बच्चाको उद्धार गर्न उद्धार टोली घटनास्थलमा पुगेको थियो । 

उद्धार टोली घटनास्थलमा पुग्दा बच्चा हात्तीको माउ पनि सँगै रहेकाले उद्धार टोलीलाई बच्चाको उद्धार गर्न केही समस्या भएको थियो । अधिकारीहरुले माउ हात्तीलाई लखेटेर बच्चाको उद्धार गर्न खटिएका थिए । उद्धार टोलीले त्यस ठाउँमा स्काभेटर ल्याएर इनार भत्काउने योजना बनाए ।

स्काभेटरले इनारको भत्काउँदा पनि सिमेन्टको ब्लक फूटेर हात्तीको बच्चालाई किच्ने समस्या पनि थियो । अधिकारीहरुले त्यस सिमेन्टको ब्लकलाई सावधानपूर्वक निकालेपछि हात्तीको बच्चा इनारबाट निकालिएको थियो ।

अधिकारीहरुका अनुसार इनारमा पानी थोरै भएका कारण हात्ती पानी पिउन लम्किँदा इनारमा डुबेको थियो । उद्धार टोलीलाई हात्तीको बच्चा इनारबाट निकाल्न पाँच घण्टा लागेको थियो ।

इनारबाट बाहिर निकालिएपछि हात्तीको बच्चा माउ हात्तीसँगै जंगल पसेको थियो ।

-डेली मेलबाट

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook