अनुष्का शर्मा ‘दादा साहेब फाल्के’ अवार्डबाट सम्मानित हुँदै
- Posted: Sunday, Apr 08, 2018 18:31 PM ( 4 years ago )
चैत २५ – अहिले फिल्म ‘सुईधागा’को छायाँकंनमा व्यस्त रहेकी अभिनेत्री अनुष्का शर्मा छिट्टै नै फिल्म निर्माताको रुपमा सम्मानित हुँदैछिन ।
अभिनेत्रीका रुपमा दर्शकको मन जित्न सफल भएर बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनुष्कालाई निर्माताको रुपमा ‘दादा साहेब फाल्के’ अवार्डबाट सम्मानित गर्न लागिएको हो ।
अनुष्का शर्मा तथा उनका भाई कर्नेश शर्मा मिलेर क्लीन स्लेट फिल्म नामक प्रोडक्सन कम्पनीबाट उनी २५ वर्षकै हुँदा फिल्म ‘एनएच १०’ निर्माण गरेका थिए । जुन फिल्म बलिउडमा सफल हुनुको साथै फिल्मले समिक्षकको प्रशंसा पनि बटुलेको थियो । उनले गरेको कामको प्रशंसा स्वरुप ‘दादा साहेब फाल्के फाउण्डेशन’ले सम्मान गर्न लागेको हो ।
अनुष्काले आफ्नै प्रोडक्सन कम्पनीबाट ‘एनएच १०, ‘फिल्लौरी’ र ‘परी’ जस्ता फिल्म निर्माण गरिसकेकी छिन । २९ वर्षीया अनुष्काले आफूलाई बलिउडकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीका साथै सफल निर्माताको पहिचान समेत बनाउन सफल भएकी छिन ।
अनुष्काले उनको करियरको सुरुवात २००७ मा मोडलको रुपमा गरेकी थिइन । २००८ मा उनले फिल्म ‘रब ने बना जोडी’ बाट बलिउडमा डेब्यू गरेकी थिइन । गएको वर्ष उनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...