Total Hits: 4.7 K

​युएईसँग श्रम सम्झौताको तयारी, नेपालीका समस्या बारे युएई र कतारका राजदूतसँग छलफल

  • Posted: Sunday, Apr 08, 2018 17:49 PM ( 2 years ago )

काठमाडौं, चैत २५ – सरकारले युएईसँग श्रम सम्झौता गर्न तयारी सुरु गरेको छ । सम्झौताको अभावमा आइरहेका समस्या कम गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले युएईसँग दुई पक्षीय श्रम सम्झौता गर्ने तयारी थालेको हो । 

यसकै तयारी स्वरुप श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले नेपालका लागि युएईका राजदूत सइद हमदान मोहमद अल नाक्बीसँग भेट गर्नुभएको छ । भेटमा नेपाली श्रमिकका समस्याका बारेमा छलफल भएको मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

मन्त्री विष्टले नेपाली कामदारको न्युनतम पारिश्रमिक, सुरक्षा लगायतका विषयमा गम्भिर भइदिन राजदूत नाक्बीलाई आग्रह गर्नुभएको थियो । जवाफमा नाक्बीले देशको कानुन अनुसारका सेवा सुविधा दिइरहेको बताउनुभएको थियो ।

सरकारी स्तरबाट हुने काममा कमजोरी नरहेपनि नीजि क्षेत्रमा समस्या भएको हुन सक्ने भन्दै नाक्बीले त्यसलाई समाधान गर्न पहल गर्ने आश्वासन दिनुभयो । यस्तै मन्त्री विष्टले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हाइलसँग दुई देशबिच यसअघि भएका सम्झौता कार्यान्वयन बारे छलफल गर्नुभएको छ ।

कतारका राजदूतसँगको भेटमा पनि मन्त्री विष्टले नेपालीका समस्या बारे ध्यानाकर्षण गराउनुभएको छ । मन्त्री विष्टसँगको भेटमा दुवै देशका राजदूतले आफ्नो देशमा नेपालीहरुको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले नेपालीहरु इमान्दार र मेहनती रहेको भन्दै आउँदा दिनमा प्राविधिक जनशक्तिलाई अवसर दिने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook