Total Hits: 2.3 K

प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

  • Posted: Sunday, Apr 08, 2018 16:44 PM ( 2 years ago )

काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ । बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा शनिबार एक कार्यक्रम गरि पुस्तक विमोचन गरिएको थियो । प्रमुख अतिथि तथा मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिको विमोचन गर्नुभएको हो ।

 
विमोचन कार्यक्रममा बोल्दै श्रेष्ठले कथामा नवीनता, आफ्नोपन र फरक शैली भएको भन्दै लेखकको प्रशंसा पनि गर्नुभयो । उहाँले पछिल्लो समय गुणात्मक भन्दा संख्यात्मक रुपमा साहित्यिक पुस्तकहरु आएको दुखेसो गर्नुभयो । पैसा हुनेले पुस्तक छाप्ने गरेको भन्दै उहाँले राम्रो र सजिसजाउ गाता, ठूला भनिएका मान्छेको भूमिका लेखन, फूलै फूलले ढाकेर गरिने विमोचन र भव्य तथा खर्चिलो कार्यक्रमले मात्रै पुस्तक उत्कृष्ट हुन नसक्ने बताउनुभयो ।

कथासङ्ग्रहको समीक्षा गर्दै उपप्राध्यापक महेश पौडेलले समय र धैर्यताको लगानीमा तयार भएका प्याकुरेलका कथाहरु यो वर्षकै उत्कृष्ट भन्दै प्रशंसा गर्नुभयो । चलनचल्तीका कथा भन्दा फरक स्वादका कथा यो सङ्ग्रहभित्र पढ्न पाइने भन्दै पौडेलले सिद्धान्तभित्र बाँधिएर कथा नलेखिएको र त्यसरी लेख्न नहुने पनि उल्लेख गर्नुभयो । सङ्ग्रहभित्रका कथाको प्रसङ्ग उठाउँदै पौडेलले मानवीय संवेदनाको यथार्थवादी र तिलस्मी कथाहरु यो पुस्तकमा रहेको बताउनुभयो  । विश्व साहित्यमा धेरै कथाहरु त्यही रुपमा लेखिए पनि प्याकुरेलका कथामा नेपालीपन, मौलिकता र काठमाडौँ वरिपरिको काँठ क्षेत्रको परिवेश भएको उल्लेख गर्नुभयो ।

ठूला–ठूला कथाकारहरुले पनि पाठकलाई विश्वास गर्न नसकेको प्रसङ्ग उठाउँदै पौडेलले ‘झुल्याकागत’ भित्रका अधिकांश कथाहरु ती भन्दा भिन्नेै रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कवि अच्युत घिमिरेले काँठ क्षेत्रको सेरोफेरोमै कथा सुरु र अन्त्य भएको बताउनुभयो ।

बुलबुल पब्लिकेशनको आयोजनामा भएको कार्यक्रमको सभापतित्व कथाकारका पिता शिवप्रसाद प्याकुरेलले गर्नुभएको थियो भने सहभागी अतिथिहरुको स्वागत रेडियोकर्मी अच्युत घिमिरे बुलबुलले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook