मोदीको ट्वीट : नेपालको नयाँ यात्रामा भारतले सहयोग गर्छ
- Posted: Saturday, Apr 07, 2018 19:08 PM ( 3 years ago )
काठमाडौं, चैत २४ – भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणका रुपमा भारत पुगेका ओलीले नेपाल–भारतबीच रेल सेवा विस्तार, कृषि र जलविद्युतमा केही सहमति गर्नुभएको छ । शनिबार नै संयुक्त पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओली र उहाँका समकक्षी नरेन्द्र मोदीले १२ बुँदे संयुक्त वक्तव्य सार्वजनिक गरिसक्नुभएको छ ।
India will always support Nepal as the nation works on its economic transformation. We see immense potential in working together to develop inland waterways, further rail connectivity and improve ties in energy, trade among other areas.
— Narendra Modi (@narendramodi) April 7, 2018
मोदीले ट्वीट गर्दै नेपालले नयाँ यात्रा सुरु गरेको र नेपालको विकासमा भारतले सधैँ सहयोग गर्ने बताउनुभएको छ । मोदीले ट्वीटमा नेपालको आर्थिक रुपान्तरणमा भारतको सधैँ सहयोग रहने बताउनुभएको छ ।
As Nepal’s journey enters a new phase, we in India reiterate our support for the welfare of Nepal. A robust India-Nepal partnership augurs extremely well for our people and for our region.
— Narendra Modi (@narendramodi) April 7, 2018
दुवै देश मिलेर काम गर्दा जलमार्ग, रेलमार्ग, विद्युत, व्यापार र अन्य क्षेत्रमा थुप्रै काम गर्न सकिने मोदीले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...