Total Hits: 0

सलमानको मुद्धा हेरिरहेका न्यायाधीशको सरुवा, आज पनि जेलमै !

  • Posted: Saturday, Apr 07, 2018 07:43 AM ( 4 years ago )

चैत २४ – राजस्थान उच्च अदालतले एकै पटक ८७ जना न्यायाधीशहरुको सरुवा गरेको छ । 

कालो हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने न्यायाधीश देवकुमार खत्री तथा उनको जमानत अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश रवीन्द्रकुमार जोशीको पनि सरुवा भएको छ । सलमानले जमानतका लागि दिएको अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीको सरुवा भएपछि अब सुनुवाईमा ढिलाई हुन सक्ने सम्भावना रहेको छ । यसअघि शनिबार जोशीले सलमानको जमानतबारे फैसला गर्ने सुनाउने सम्भावना रहेको थियो । 

सलमानको जमानतका बारेमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीलाई जोधपुरको सिरोहमा सरुवा गरिएको छ । उनको ठाउँमा भिलवाडाका न्यायाधीश चन्द्रकुमार सोंगरा आउनेछन् । त्यस्तै न्यायाधीश खत्रीको ठाउँमा उदयपुरका अतिक्ति मुख्य न्यायिक मजिस्ट्रेट समरेन्द्र सिंह सिकारवार आउनेछन् ।

सन् १९९८ मा चलचित्र ‘हम साथ साथे हे’ छायांकनका क्रममा कालो हरिण मारेको आरोपमा सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook