Total Hits: 0

‘शत्रु गते’ हेर्न नेता नेपाल र श्रेष्ठ सिटी म्याक्समा

  • Posted: Saturday, Apr 07, 2018 05:59 AM ( 4 years ago )

काठमाडौं, चैत २४  - सधैँ राजनीतिक बैठक र कार्यक्रममा व्यस्त हुने दुई नेता शुक्रबार साँझ नेपाली चलचित्र ‘शत्रु गते’ को दर्शक बन्न भ्याउनु भएको छ । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बागबजारस्थित सिटी म्याक्समा पुगेर दुई घण्टा ‘शत्रु गते’ हेर्नुभएको हो ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले चलचित्र सामाजिक परिवेशलाई आधार बनाएको हुनाले राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले चलचित्रले दाइजो प्रथा, घरछिमेकी सँगको सम्बन्धबारे जान दिएको बताउनुभयो । आफू राम्रो सामाजिक घटना प्रधानका चलचित्र हेर्न गरेको बताउँदै उहाँले ‘शत्रु गते’ पनि राम्रो सुनेर हेर्न आएको बताउनुभयो । 

केन्द्रका नेता श्रेष्ठले चलचित्रबारे राम्रो सुनेकाले हेर्न आएको बताउनुभयो । ‘‘चलचित्रका बारेमा बाहिर पनि राम्रो सुनेको थिएँ,’’ उहाँले भन्नुभयो, ‘‘माधवजीले पनि हेर्न जाऔँ भन्नुभयो । चलचित्र हेर्दा सामजिक विषयवस्तुमा राम्रो देखाइएको पाएँ ।’’ दुई नेतासँग प्रदेश सांसद पशुपति चौलागार्इं, रचना खड्का, मञ्जु यादव र युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्तसमेत पुग्नुभएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook