जसको बयानले सलमान खान जेल पुगे
- Posted: Friday, Apr 06, 2018 19:41 PM ( 4 years ago )
चैत २३ – ती आँखामा त्यो कालो हरिणको शिकार १९ वर्षसम्म ताजै रह्यो । १९ वर्षसम्म त मुद्धा नै चल्यो ।
घटनामा निकै उतारचढाव पनि आयो । तर जोधपुरका बिश्नोई समाजका गवाह न थाके, न रोक्किए । उनीहरुकै साक्षी प्रमाणका आधारमा बलिउड स्टार सलमान खान सजायको भागिदार बन्न पुगे ।
-घटनाका साक्षी भारमल बिश्नोई
सलमानले कालो हरिणको शिकार गरेको देखेका प्रमुख साक्षी थिए जोधपुर जिल्लाको कांकाणी गाउँका पूनम चन्द बिश्नोई तथा भारमल बिश्नोई ।
कांकाणी गाउँका पूनम चन्द बिश्नोईले बीबीसीसँग संक्षिप्त कुरा गर्दै आफूले देखेको कुरा अदालतमा बयान दिएको बताएका छन् ।
मलै हरिणको रगत देखेको थिएँ
घटनाका अर्का साक्षी भारमल बिश्नोईले बीबीसीसँग कुरा गर्दैै भनेका छन्, ‘मैले शिकारपश्चात नै त्यहाँ हरिणको रगत देखेको थिएँ । त्यसैले मेरो नाम साक्षीका रुपमा लेखियो ।’
७२ वर्षीय भारमल बिश्नोई खेतीपाती गर्छन् । उनी भन्छन्, ‘मैले जे देखेँ अदालतमा त्यही नै बयान दिएँ ।’ उनले आफूलाई कसैले पनि कुनै प्रकारको दबाब नदिएको भन्दै भन्छन्, ‘मलाई तपाईँले कति मिटर टाढाबाट घटना देख्नुभयो भनेर सोधियो, मैले ठ्याक्कै कति मिटर थियो त भन्न सकिनँ । तर मैले पचास पाइला टाढाबाट घटना देखेको थिएँ । त्यहाँ ढुंगामा हरिणको रगत लतपतिएको थियो ।’
मेरो स्मरणशक्ति चेक गरियो
बिश्नोईका अनुसार उनको स्मरणशक्ति चेक गरिएको थियो । उनको विवाह कहिले भएको थियो र उनले बाल्यकाल कहाँ बिताएका थिए जस्ता प्रश्न उनलाई सोधिएको थियो ।
उनी घटनाको अतितमा फर्कन्छन् । वन विभागले उनीसँग पहिले उनले के देखे भन्ने कुरा सोध्यो र साक्षीका रुपमा उनको नाम लेख्यो । ‘वकिलले मसँग घटना कहिलेको हो भनेर सोधे । मैले सन् १९९८ को हो भनेर भनेँ ।’
बिश्नोई यस मुद्धामा अदालतबाट भएको फैसलाबाट खुशी भएको बताउँछन्, ‘हामी त वन्यजन्तुका लागि आफ्नो प्राण नै दिन तयार हुन्छौँ, मलाई यो फैसलाले खुशी लागेको छ ।’
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...